नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पितृशोकमा

  बुटवल, जेठ २१ गते । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल पितृशोकमा परेका छन् । नेता भुसालका पिता जगन्नाथ भुसालको आइतबार विहान निधन भएको हो ।
९७ वर्षीय जगन्नाथ भुसालको आईतवार बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ स्थित निवासमै निधन भएको घर पारिवारिका सदस्यले जानकारी गराएका छन् ।

स्वर्गीय भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन् । स्व. भुसालको आज देवघाटमा अन्तिम संस्कार गरिने बताईएको छ ।