सदस्यता शुद्धिकरणप्रति पे्रस चौतारी रुपन्देहीको असहमति

बुटवल, २३ जेठ । नेपाल पत्रकार महासंघ रूपन्देहीले सदस्यता शुद्धिकरणको नाममा पूर्वाग्राही व्यवहार देखाएको प्रेस चौतारी नेपाल रुपन्देहीले आरोप लगाएको छ । पूर्वाग्राही ढंगले सदस्य हटाउने निर्णय र सिफारिश गरेको भन्दै प्रेस चौतारी नेपाल रुपन्देहीले असहमति जनाएको छ ।
प्रेस चौतारीले मंगलबार पत्रकार महासंघ रुपन्देहीलाई ज्ञापनपत्र बुुझाउँदै आफ्नो असहमति प्रकट गरेको हो । महासंघ केन्द्रीय समितिले बनाएको मापदण्ड अनुसार सदस्यता शुद्धिकरण निष्पक्ष र पारदर्शी ढंगले हुनुपर्छ भन्ने मान्यतामा प्रेस चौतारी रूपन्देही दृढ रहेको उल्लेख गर्दैै प्रेस चौतारीले तर पत्रकार महासंघ रुपन्देहीले शुद्धिकरण मापदण्डलाई वेवास्ता गर्दै छुट्टै मापदण्ड तयार गरी उस्तै खालका व्यक्ति कसैको सदस्यता कायम राख्ने र कसैको खोस्ने प्रपञ्च गर्नु नेपाल पत्रकार महासंघ रूपन्देहीको एकता र संस्थागत विकासमाथि गम्भीर प्रहार भएको जनाएको छ ।
पे्रस चौतारी रुपन्देहीका अध्यक्ष्इा लक्ष्मण पौडेलले मंगलबार विज्ञप्ती जारी गरी सदस्याता शुद्दिकरणमा आग्रह, पूर्वाग्रह राखिएकाले शुद्दिकरकणमा असहमति रहेको बताएका छन् । विज्ञप्तीको पूर्णपाठ

पत्रकार महासंघ रूपन्देही यस्तै एकपाखे र एकलकाँटे ढंगले अघि बढे प्रतिवादका लागि आगामी निर्णय कठोर हुँदै जाने विज्ञप्तीमार्फत चेतावनी दिईएको छ ।
ज्ञापनपत्र बुझाउँदै प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले सदस्यता शुद्धिकरणलाई खुला र पारदर्शी गर्ने गरी यसअघि भएको छलफल र बैठकमा भएको निष्कर्ष अनुसार अघि बढ्न आग्रह गरेका छन् ।