भारतबाट उद्दार गरी उदयपुरकी चन्द्रकुमारी राईलाई मानव कल्याण मित्र मञ्चले परिवारलाई बुझायो

बुटवल, जेठ २७ गते । मानव कल्याण मित्र मञ्च नेपालले भारतमा वेपत्ता एक महिलाको उद्वार गरेको छ । महिला र बालवालिकाको क्षेत्रमा काम गर्दै आएको मित्र मञ्च नेपालले भारतमा वेपत्ता उदयपुरकी चन्द्रकुमारी राईलाई उद्वार गरी घरपरिवारलाई बुझाएको छ ।

विगत ३ वर्षदेखि भारतमा बेपत्ता रहेकी उदयपुर जिल्ला वेलका नगरपालिका ३ की चन्द्रकुमारी राईलाई भारतको गोरखपुरबाट उद्वार गरिएको मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताए । भारतको उत्तर प्रदेश मात्रछायां चैरिटेवल फाउन्डेशन गोरखपुरमा रहेकी चन्द्रकुमारी राईलाई मानव कल्याण मित्र मञ्च नेपाल र रोटरी क्लव अफ मणिग्रामको पहलमा उद्वार गरी नेपाल ल्याईएको हो ।


शनिबार रुपन्देहीको तिलोत्तममा एक कार्यक्रमको आयोजना गरी प्रहरी प्रशासन, जनप्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीहरुको रोहवरमा उद्वार गरिएकी महिला चन्द्रकुमारी राइलाई चन्द्रकुमारीका दाई हरिप्रसाद राईलाई बुझाईएको हो ।  तीन वर्षदेखि वेपत्ता दिदीलाई भारतबाट उद्वार गरेर दिएकोमा खुशी लागेको भन्दै हरिप्रसाद राईले मानव कल्याण मित्र मञ्चलाई धन्यबाद दिए ।

उक्त कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कल्याण पौडेलले मानवीय क्षेत्रमा असल काम गर्नेहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए ।
मानव कल्याण मित्रमञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले भारतमा थुप्रै नेपाली महिला र बालवालिकाहरु अलपत्र अवस्थामा रहेकाले क्रमस उद्वार गरिने बताए ।

अध्यक्ष अर्यालले भारतमा हराएकी वाग्लुङकी एक महिला भारतको गोरखपुरमा रहेको पुरै जानकारी आएको छ, स्थानीय जनप्रतिनिधि र घरपरिवारले साथ दिए तत्काल उद्वार गर्न सकिने जानकारी गराए ।

कार्यक्रममा मित्र मञ्च नेपालका प्रमुख संरक्षक पुरुषोत्तम भट्रराई,रोटरी क्लव अफ मणिग्रामका सचिव मिनप्रसाद भण्डारी, रोटरी क्लव अफ मणिग्रामका पूर्व अध्यक्ष कुलमणि ज्ञवाली, डाईवरटोल प्रहरी चौकीका प्रमुख रमेश गुरुङ संस्थाका महासचिव झबी अधिकारी लगायतले बोल्दै मानवीय सेवा भावले गरिने कामको राज्यले उचित मुल्याकंन गर्न आवश्यक रहेको बताए ।

मानव कल्याण मित्र मञ्च नेपालले भारतमा रहेको प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा भारतमा अलपत्र रहेका महिला र बालवालिकाहरुलाई उद्वार गरी नेपाल ल्याएर आफन्तलाई बुझाउंदै आएको छ ।

यस अघि पनि केही महिला र बालकहरु उद्वार गरी मानव कल्या मित्र मञ्चले घरपरिवारलाई बुझाएको छ ।