राष्ट्रिय जनमोर्चा रुपन्देहीको अध्यक्षमा– टानबहादुर केसी

बुटवल, जेठ २७ गते । राष्ट्रिय जनमोर्चा रुपन्देहीको छैटौं जिल्ला सम्मेलनले टानबहादुर केसीको अध्यक्षतमा नयां नेतृत्व चयन गरेको छ ।
शुक्रबारदेखि शुरु भएको छैठौ जिल्ला सम्मेलनबाट टानबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा रुपन्देहीले शनिबार नयां नेतृत्व चयन गरेको हो ।
सम्मेलनले १७ पूण ५ बैकल्पिक र ५ सल्लाहकार रहेको जिल्ला समिति सर्वसम्वत रुपमा निर्वाचत गरेको छ ।

समितिको उपाध्यक्षमा इन्द्रा ज्ञवाली, सचिव कृष्णप्रसाद पोखरेल, कोषाध्यक्षमा गोपालप्रसाद गैरे, सहसचिवमा लालबहादुर क्षेत्री निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा लक्ष्मी कुंवर, हिरालाल धामी, लिलाराम खनाल,हरि राहादी, गोपाल बन्जाडे हर्क टन्डन, रनमायां परियार, हरि केसी, भिमलाल न्यौपाने ,गंगालाल सापकोटा रहेका छन् ।
बैकल्पिक सदस्यहरुमा यमबहादुर क्षेत्री, रेनुसिंह, विशाल पौडेल, खगेस्वर गिरी, तुलसी शर्मा रहेका छन् ।

रुकबहादुर पराजुली, पदमप्रसाद श्रेष्ठ, पुरोषेत्तम कंडेल, कृष्णवम मल्ल र चेतनाथ आचार्य रहेको सल्लहाकार समिति गठन गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष टानबहादुर केसीले पार्टीले अगाडी सारेका नीति तथा कार्यक्रमहरु सफल बनाउन पार्टीका नेता कार्यकर्तादेखि शुभचिन्तकहरुको सुझाव लिएर अगाडी बढ्ने बताएका छन् ।

कम्युनिष्ट पार्टीको लेनिनवादी संगठनात्मक पद्दतिलाई पूर्णपालन गरी कम्युनिष्ट आन्दोलनलाई सही दिशाबाट अगाडी बढाउन सकैसंक सहकार्य गर्ने अध्यक्ष टानबहादुर केसीले प्रतिवद्दता जनाएका छन् ।
यस अघि शुक्रबार छैठौं जिल्ला सम्मेलनको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उद्घाटन गरेका थिए ।