रुपन्देहीको तिलोत्तमामा भएको दुर्घटनामा परी एक जानको मृत्यु


बुटवल जेठ २८ गते । शनिबार राती रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ३ शान्तिकुञ्जमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पांच जना घाईते भएका छन् ।

भैरहवाबाट बुटवलतर्फ आउंदै गरेको स्कारपियो गाडी सिद्वार्थ राजमार्ग अन्र्तगत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा दर्घटना हुंदा गाडी चालकको मृत्यु भएको हो ।
बा.२० च १४३८ नम्बरको स्कारपियो चालक अर्घाखांची छत्रगञ्ज गाउंपालिका वडा नम्बर ८ का विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार वर्ष ३२ का चालक विकास श्रेष्ठको उपचारको क्रममा बुटवलको चौरहा अस्पतालमा मृत्यु भएको हो ।
दर्घटनामा परी वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का शुर्दसन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी घाइते भएका छन् ।
घाइते पांचै जनाको बुटवलको चौराहा अस्पतालमा उपचार भैरहेको प्रहरीले लुम्बिनी टेलिभिजनलाई बताएको छ ।गाडी अनियन्त्रित भएर सडकको विद्युत पोलसंगै दिवारमा ठोक्किएको छ ।

मृतक र घाइते सबै जना अर्घाखांचीका भएको प्रहरीले बताएको छ ।