सम्पर्क बिहिन रुपन्देहीका पवन पौडेललाई भारतमा एकता समाजले खोज्दै

खिमराज चालिसे
भारत, चंडिगढ । नेपालको, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ७ बस्ने हेमराज पौडेलको छोरा वर्ष ३२ को पवन पौडेल (सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड भुमही शाखामा कार्यरत) मिति २०८०।०२।१२ गते अर्थात २६ मई २०२३ को दिन रुपन्देही सिद्धार्थनगर नगरपालिकाको बुद्धचोकबाट सम्पर्कविहिन भएका थिए ।
उनी सम्पर्क विहिन भएपछि बुबाआमा र श्रीमतीसहित घरपरिवार तनाबमा छन् ।

पवन पौडेललाई खोजतलासको दौरानमा सुनौली नाकाबाट भारतीय बसमा बसी चंडिगढ हिडेको खबरको आधारमा गत ४ दिन पहिला खोजतलासका लागि बुबा हेमराज पौडेल, दिदी पुनम पौडेल, भिनाजु सन्तोष भन्डारी र माबलीभाई अगस्त पान्डे भारतको चंडिगढमा पुगेका थिए ।

चंडिगढमा सेक्टर ४३ बसपार्कको सिसिटीभी फुटेज जांच गर्दा २७ मईको बिहान १०.३५ बजे पवन चंडिगढ बसपार्क अगाडी देखिएका थिए। त्यसपछी परिवारले हिमांचल र चंडिगढका विभिन्न स्थानमा मूल प्रभावह एकता समाजले खोजतलास गर्दै आएको छ ।

पवन पौडेल सम्पर्कमा नआएकाले खोज तलासमा सहयोग गरी पाउँ भनि मूल प्रवाहलाई बुबा हेमराज पौडेलले अनुरोध गरेपछि भारतको विभिन्न ठाउंमा खोजतलास भैरहेको मूल प्रवाह एकता समाजले बताएको छ ।

घरको एउटा मात्र छोरा भारतमा गएर सम्पर्क विहिन भएपछि घरपरिवारले मूल प्रभाव एकता समाजलाई खोजी गिर्दिनका लागि आग्रह गरेको हो ।