प्यूठान दुर्घटनामा परी मृत्यु हुने ७ जनाको परिचय खुल्यो

हरि विक
प्यूठान, जेठ २९ गते । प्यूठानको धार्मिकस्थल स्वर्गद्वारीको दर्शन गरी फर्कने क्रममा गाडी दर्घटनामा परी ८ जानको मृत्यु भएको छ । सोमबार दिउंसोतिर स्वर्गद्वारी आश्रमबाट फर्कनेक्रममा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ मा लु १ च ६३४५ नम्बरको कार दर्घटनामा परेको हो ।

मृत्यु हुनेमा दाङ नारायणपुर वस्ने राधा शाह, गोविन्द शाह, र आदित्य शाह छन् । उनीहरु राधा र गोविन्द श्रीमान श्रीमती हुन् भने आदित्य छोरा हुन् ।
त्यस्तै दाङ तुल्सीपुर नगरपालिका १५ की शरिता शर्मा पोखरेल, वर्ष १४ का विशाल पोखरेल, वर्ष ९ का विकास पोखरेल छन् । उनीहरु शरिता आमा हुन् भने विशाल र विकास शरिताका छोरा हुन् ।
त्यस्तै दाङ लमही नगरपालिका ४ बस्ने वर्ष ४९ का कार चालक ताराबहादुर कुमालको पनि मृत्यु भएको छ । मृतक मध्ये एक जना अन्दाजी ११, १२ वर्षको बालकको सनाखत हुन नसहेको प्यूठान प्रहरीले बताएको छ ।
स्वर्गद्वारीबाट भिङग्री झर्नेक्रममा कार घुम्तीबाट करिब २० मिटर तल खसेको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गिरबहादुर गुरुङले बताएका छन् ।
विजुवार अस्पतालले मृत्यु भएको घोषणा गरेपनि आठै जना दुर्घटनास्थमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
घुम्ती सडकबाट खसेर उक्त कार बाटोमै पुगेर बजारिएपछि कारमा सवार सबै जना च्यापीएका थिए ।