प्यूठान दुर्घटनामा मृत्यु हुने आठै जनाको परिचय खुल्यो

प्यूठान, जेठ ३० गते । प्यूठानको पर्यटकीय केन्द्र स्वर्गद्वारी यात्राबाट फर्कने क्रममा सोमबार कार दुर्घटनामा परी मृत्यु हुने आठै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा जीप चालक दाङ लमही–५ का टंकबहादुर कुमाल, तुलसीपुर–१५ की सरिता शर्मा पोखरेल, उनका छोराहरू विशाल र विकास पोखरेल,
लमही ७ का गोविन्द शाह, उनकी श्रीमती राधा शाह र उनका छोरा आदित्य शाह,घोराही–१५का बालक शिशिर खनालको दुर्घटनामा मृत्यु भएको छ।