नेपाल एअरलाइन्सको क्वालालम्पुर – भैरहवा उडान शुरु

बुटवल, जेठ ३० गते । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा उडान शुरु भएको छ । भैरहवा विमानस्थलमा क्वालालम्पुर– भैरहवा उडान पहिलो हो ।
विमानस्थल संचालनमा आएको एक वर्षपछि मंगलबारदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तरष्ट्रिय नियमित उडान सुरु गरेको हो ।

देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले गरेका छन् ।
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एयरबसले कोललाम्पुरबाट उडेर भैरहवा हुदै काठमाण्डौ जाने छ, यो अब नियमित उडान बताइृएको छ ।

नेपाल एयरलाइन्सको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानले मलेसियाबाट भैरहवाको पहिलो उडान भरेको हो ।
४ घण्टा ४५ मिनेटमा मलेसियाबाट भैरहवाको उडान तय हुन्छ भने भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौं जाने छ ।