रुपन्देहीको तिलोत्तममा जंगली बदेलको आतंक

   बुटवल, असार १ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा जंगली बदेलले बाटोमा हिड्ने मानिसलाई आक्राण गरेको छ । जंगली बदेलको आक्रमणबाट ३ जना घाइते भएका छन् ।
सख्त घाइते तिलोत्तमा २ का मुकुन्द पौडेलको क्रिमशन अस्पतालमा उपचार भैरहेको र मिना पाण्डेयको उपचारपछि अहिले घरमै आरम गरिहेका छन् । त्यस्तै बदेलको आक्रमणबाट गम्भीर घाइते भएका तिलोत्तमा २ का पदमपाणी ज्ञवालीको अहिले काठमाण्डौको टिचिङ अस्पतालमा उपचार भैरहेको तिलोत्तमा वडा नम्बर २ का वडा अध्यक्ष डिलबहादुर भट्टराईले जानकारी गराउनुभयो ।

वडा अध्यक्ष भट्टराईका अनुसार आफ्नै निवासको नजिकै बदेलको आक्रमणबाट सख्त घाइते भएका पदमपाणी ज्ञवालीलाई शुरुमा उपचारका लागि तिलोत्तमाको क्रिमसन अस्पतालमा लगिएको थियो ।

क्रिमसन अस्पतलमा उपचार हुन नसेपछि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको थियो । भैरहवा मेडिकल कलेजमा पनि उपचार हुन नसकेपछि त्यहांबाट घाइते ज्ञवालीलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको थियो । भरतपुरमा पनि उपचार हुन नसेपछि पदमपाणी ज्ञवालीको अहिले काठमाण्डौको टिचिङ अस्पतालमा उपचार भैरहेको छ ।
जंगली बदेलको आक्रमणबाट तिलोत्तमा २ का झण्डै एक दर्जन मानिस सामान्य घाइते भएपनि तीन जना गम्भीर घाइते भएका छन् ।

तिलोत्तमा २ को जानकीनगर आसपासको क्षेत्रमा केही दिन यतादेखि बदेलले त्रसित बनाएको छ । जंगली बदेलले आतंकित पारेको भन्दै स्थानीयले वडा कार्यालयलाई उक्त बदेल नियन्त्रणमा लिन निवेदन दिएका छन् ।

स्थानीयले गुनासो गर्दै निवेदन दिएपछि वडा कार्यालयको तर्फबाट प्रहरी कार्यालय र जिल्ला वन कार्यालयलाई जानकारी गराएको वडा अध्यक्ष डिलबहादुर भट्टराइले बताए ।
स्थानीयको सहयोगमा जनप्रतिनिधि, प्रहरी, जिल्ला वन कार्यालयको टोलीलले सम्बन्धित ठाउंमा बदेल भेटाउन सकिएको छैन ।

सडकमा हिड्ने मानिसलाई बदेलले आक्रमण गर्न थालेपछि केहीदिन यतादेखि तिलोत्तमा २ का स्थानीय सांझ– विहान हिड्न छोडको बिदुर केसीले बताए ।