वालकृष्ण खांण र टोपबहादुर रायमाझी कारगार चलान

बुटवल, असार १ गते । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्व गृहमन्त्री वालकृष्ण खांण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १८ जना कारगार चलान हुने भएका भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न भनी प्रहरीले मुद्दा चलाएका दुई जनाबाहेक सबै अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन शुक्रबार आदेश दिएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा एक साता बढी लामो बहस र सुनुवाईपछि नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रकम असुल्ने गिरोहमा संलग्न देखिएको प्रारम्भिक ठहरसहित पुर्पक्षमा पठाउने आदेश भएको हो।

भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खांण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजीत राईलगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखेको थियो ।

ती मध्ये दुईजना बाहेक १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । वालकृष्ण खांण नेपालीका कांगे्रसका वर्तमान केन्द्रिय नेता हुन् । त्यस्तै टोपबहालुर रायमाझी नेकपा एमालेका वर्तमान सचिव हुन् ।