दाजु–बहिनीको मृत्युले कपिलवस्तुको गन्धर्व परिवार शोकमा

खिमराज चालिसे 
चंडिगढ १९ जुन २०२३ । कपिलबस्तुका मनिराम गन्धर्वका दुई सन्तानहरू चम्पा गन्धर्व वर्ष २२ र पदमबहादुर गन्धर्व वर्ष ३१ का सहोदर दाजु बहिनी हुन् । भारतमा तीन महिनाको अन्तरालमा उनीहरुको मृत्युले परिवारमा शोकमा डुबेको छ । पदम गन्धर्व गत १६ मार्चको पंचकुलामा सन्दिग्ध अवश्थामा निधन भएकी चम्पा गन्धर्वका जेठा दाजु हुन् ।

पदम केही दिन पहिलादेखि जन्डिसबाट ग्रसीत भई प्राईभेट डॉक्टरसंग उपचाररत थिए । उनका भाई गंगाराम गन्धर्वका अनुसार उनको जटिल अवश्था भएपछि थप उपचारका लागि १८ जुन बिहानै पिजीआई चंडिगढ लगिएको थियो भने हिजो असार ३ गते सांझ उपचारकै क्रममा मृत्यु भयो ।

 

तीन महिनाको अबधीमा छोराछोरीको भारतमा मृत्यु भएपछि गन्धर्व परिवार अहिले शोकमा डुबेको छ । भारतको मोहाली जिल्ला अन्तरगत बल्टाना के एरियामा बिगत तीन महिनादेखि डेरा भाडामा बस्दै आएका पदमबहादुर गन्धर्वको निधन भएको खबरपछि नेपालबाट परिवारिक सदस्यहरुले शव नेपाल पठाउन मूल प्रवाहलाई आग्रह गरेका छन् ।
शोकमा बुडेको परिवारले शव नेपाल पठाउनका लागि सहयोगको माग गरेपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले शव नेपाल पठाउन लागि परेको मूल प्रवाहका नेता पे्रम आचार्यले बताए ।

केन्द्रीय सदस्य खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, महिला नगर संयोजक माया आचार्य, सदस्य हरि खरेल, समाजसेवी खुमप्रसाद काफ्लेको पहलमा पदमबहादुर गन्धर्वको शव सोमबार नेपाल पठाईएको छ।