आज विश्वकर्मा पूजा

बुटवल, असोज १ गते । आज असोज १ विश्वकर्मा पूजा । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गर्ने प्रचलन छ । प्रविधि तथा औजारको पुजा गर्दै भगवान विश्वकर्माको पूजा गरी मनाईदै छ ।

आज धार्मिक विधिपूर्वक कलकारखानाका सञ्चालक र मजदूरहरुले फलामजन्य सामानहरुलाई विश्वकर्माको प्रतिक मानि पुजा गर्ने गर्दछन् । कलकारखाना सञ्चालक र मजदूरहरुले आफ्ना औजार तथा अन्य मेशिनरी सामानहरुको पूजा गरेर आजको दिनलाई खुशियाली साथ मनाउंदै छन् ।
आफुले बर्षभरी कामगर्ने औजार तथा उपकरणलाई सफा गरी पूजा गरेमा उपकरण र औजारबाट हुने कामहरुमा फाईदा हुने तथा लामो समय टिक्ने विश्वास गरिन्छ ।

विश्वकर्मा पूजाको दिनमा सवारी साधनका संचालक तथा मजदूरहरुले आफ्नो सवारी साधन ध्वजापतकाले सजाई विश्वकर्मा बावालाई सम्झदै पूजा गरी मनाउने प्रचलन छ । सार्वजनिक यातायातका साधन ठप्प हुंदा गाडी मर्मत गर्ने ग्यारेजहरु आज बन्द छन् ।