पाल्पाको विकासमा मेरो भूमिका छ, सोमप्रसाद


बुटवल, माघ १८ गते । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार सोमप्रसाद पाण्डेले पाल्पाको भौतिक विकास गर्नमा महन्तपूर्ण भूमिका रहेका बताएका छन् । उनले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी आफु सांसद र मन्त्री हुंदा पाल्पामा विकासका ३ सय योजना ल्याएर विकास गरेको बताए ।

सुरुगंमार्गदेखि पाल्पाका सान ठूला सबै जसो योजनाहरु आफ्नो पालामा ल्याएको दावी गर्दै केही योजना पुरा गर्न बांकी रहेको बताउंदै ति अधुरा र बांकी रहेका योजनाहरु पुरा गर्नका लागि उम्मेदवारी दिएको बताए । २०७४ को निर्वाचनमा विजयी भएपछि पाल्पाले विकास पाएको र त्यसपछि २०७९ सालको निर्वाचनमा मैले हार्दा पाल्पाको विकास रोकिएको बताउंदै पाल्पालाइ सम्वृद्द बनाउन निर्वाचनमा उम्मेदवार बन्न पाल्पावासीको आग्रहले उम्मेदवारी दिएको बताए ।
निर्वाचन प्रचारकैक्रममा मतलातासंग भेटघाट गर्न बुटवल झरेका सोमप्रसाद पाण्डेले भने आफु खुल्ला किताव भएकाले मेरो प्रमुख उद्देश्यभ भनेको पाल्पालाइ हरेक क्षेत्रबाट सम्वृद्द बनाउने हो, मलाई पाल्पाली जनताले ठूलो भरोसा गरेका छन् । उनले आफु मनत्री हुंदा प्रधानमनत्री र अर्थमनत्रकिो जिल्ला सरह बजेट पारेर पाल्पाको विकास गरेको दावी गर्दै सिद्धबाबाको सुरुङमार्ग निर्माणमा सडकदेखि सदनसम्म विशेष भूमिका खेलेकै कारण अहिले सुरुङमार्ग निर्माण सम्पन्नको अन्तिम चरणको रहेको बताए ।

सुरुङमार्ग निर्माणका लागि १० अर्ब बजेट माग गर्दा त्यसबेलाका अर्थमन्त्री युवराज खतिवडाले आनाकानी गर्दा संसदमा अनसन बस्ने चेताबनी दिएपछि बजेटको सुनिश्चित भएपछि अहिले सुरुङमार्ग बनेको हो भन्दै दावी गरे । पूर्वमन्त्री पाण्डेले पाल्पाको तानेसनलाई भक्तपुर जस्तै ऐतिहांसक शहरको रुपमा विकास गरेर पाल्पालाई लुम्बिनीसंग जोडेर लुम्बिनी आएका पर्यटकका लागि पाल्पालाई पर्यटकीय विश्रामस्थल बनाउने योजनाका साथ निर्वाचनमा होमिएको बताए ।
उनले पाल्पामा बुद्ध गार्डेनसहित नेपालको सबै भन्दा ठूलो बुद्धको मूर्ति राखेर पाल्पालाई हेर्ने र देख्ने खालको बनाउने बताउंदै पाल्पाको तानसेन र श्रीनगरलाई साच्चीकै आन्तपिरक र बाह्य पर्यटकलाई आर्कषित गर्ने गरी विकास गरेरै छाड्ने प्रतिबद्दता जनाए ।
नेता पाण्डेले गत भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनमा विदेशी शत्ति, केन्द्रहरुको घुसपैठ हुंदा संसद, सर्वोच्च अदालतलगायत महत्वपूर्ण राज्यका उच्च निकायमा धावा बोन्लु संविधान र गणतन्त्र माथिको प्रहार हो भन्दै अहिले देशको इतिहांसमै संकट मोडमा रहेकाले गाण्तन्त्रबादी शक्तिलाई मत दिन जनतालाई अपिल गरे ।























