अवरोध रहे तेलको मूल्य १८० डलर पुग्न सक्छ– साउदी अरब

काठमााण्डौ, चैत ६ गते । साउदी अरबले अवरोध कयमै रहेमा तेलको मूल्य १८० डलर पुग्न सक्ने चेतावनी दिएकोे छ ।

‘होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका हुन् ।

द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी अरबका अधिकारीहरूले यस्तो विश्वास व्यक्त गरेको हो ।

फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको छ। बिहीबार ब्रेन्ट क्रुडको मूल्य केही समयका लागि प्रति ब्यारेल ११९ डलरको नजिक पुगेर फेरि घटेको थियो।

रियादस्थित किङ फैसल सेन्टर फर रिसर्च एन्ड इस्लामिक स्टडिजका साउदी अरबको विदेश नीतिका विशेषज्ञ उमेर करिमले अलजजिरालाई बताएअनुसार, युद्ध यसरी नै अगाडि बढिरहे तेलको मूल्य प्रति ब्यारेल कम्तीमा १५० डलर पुग्ने सम्भावना उनले औंल्याए ।

‘यदि यी लाल सागरका टर्मिनलहरूमा आक्रमण भयो भने, यदि लाल सागरभित्र कुनै पनि प्रकारको अवरोध भयो भने मलाई लाग्छ १५० डलरभन्दा माथि पुग्ने सम्भावना धेरै छ,’ करिमले भनाई छ ।