राष्ट्रवादी शक्तिलाई मतदान गर्न चित्रबहादुर केसीको अपिल


बुटवल, माघ २० गते । राष्ट्रिय जनमोर्चाले निर्वाचन केन्द्रित भएर देशभर आफ्ना गतिविधि सञ्चालन गरेको छ । ठाउंठाउंमा भेला, संगठन विस्तार, घेटघाट र घरदैलो अभियान चलाएको छ ।
राष्ट्रिय जनमोर्चाले जभेटघाटसंगै निर्वाचन परिचाल तथा प्रचार प्रसार समितिहरु गठन गर्नुका सार्थ सम्पर्क कार्यालयहरु स्थापना गरेको छ ।
रुपन्देहीमा पनि राष्ट्रिय जनमोर्चाले निर्वाचनका गतिविधिलाई मतदाता केन्द्रित गर्दैे निर्वाचन क्षेत्र नम्बर १ मा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
रुपन्देही क्षेत्र नम्बर १ को देवदह क्षेत्रमा निर्वाचन कार्यालय खोखिएको छ । उक्त कार्यालयको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै अध्यष केसीले अहिले फागुन २१ मा हुने निर्वाचन राष्ट्रबादी र राष्ट्रघाती बिचको भएको बताउंदै एजेण्डा हेरेर मात्र मतदान गर्नुपर्ने बताए । अध्यक्ष केसीले काँग्रेस, एमाले, माओवादीका रिसले आफुलाई नयां भन्ने रास्वपाले देश नै सिध्याउने खेलमा लागेको बताउंदै काँग्रेस, एमाले, माओवादी त लोकतन्त्रका लागि लडेकाले भ्रष्टाचारमा डुबेको भएपनि गणतन्त्रमा विश्वास गर्ने दल भएको बताए ।

अहिले साम्राज्यवादी शक्तिको आडमा चुनाव जित्ने हल्ला छ, त्यो अल्लामा नलागेर राष्ट्र, राष्टियता, सार्वभौमिकता र अखण्डताको पक्षमा राष्ट्रिय जनमोर्चालाई मतदान गर्न आग्रह गरे । हल्लाको भरमा चुनाव जित्ने गरिएको छ, त्यसले देशको अस्तित्व सिरिया, भेनेजुयला, प्यालेस्टाइनको जस्तो हुनसक्ने अध्यक्ष चित्रबहादुर केसीको तर्क छ ।
कार्यालय उद्घाटन कार्यक्रममा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेद्वार बद्रे आलम, क्षेत्र नम्बर १ का उम्मेद्वार हरिबहादुर केसी, समानुपातिक उम्मेद्वार लिलबहादुर केसी, जिल्ला उपाध्यक्ष इन्दिरा उपाध्यायले बोल्दै राष्ट्र, राष्टियता, सार्वभौमिकता र अखण्डताको पक्षमा राष्ट्रिय जनमोर्चालाई मतदान गर्न आम मतदातासंग अपिल गरेका छन् ।
क्षेत्र नम्बर १ को अन्तर्गत रहेको निर्वाचन परिचालन समितिको सोही सन्दर्भमा बैठक सम्पन्न गरिएको थियो । बैठकले क्षेत्र अन्तर्गतका विभिन्न पालिकालाई लक्षित गरि कार्यक्रम निश्चित गरेको छ ।
शिवराज घिमिरेको अध्यक्षता र कविराज गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
























