काँग्रेस पहिलो पार्टी बन्ने विश्व प्रकाशको दावी

बुटवल, माघ २९ गते । नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले निर्वाचनबाट कांगे्रस पहिलो पार्टी बन्ने दावी गरेका छन् । देशका विभिन्न स्थानमा पुग्दा र प्राप्त गरिएको विभिन्न ठाउँको सूचनाबमोजिम काँग्रेस पहिलो पार्टी बन्ने निष्कर्ष निकालिएको उनले बताए ।

काँग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले काँग्रेस फेरी ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भइरहेको बताए ।

उनले नयाँ भनेको सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुन्छ । साँच्दै बदलिएको हो र नयाँ भएर आएको काँग्रेस भएको उनले दावी गरे । जेनजी विद्रोहले देशमा परिवर्तन खोजेको बताउंदै संसार बदल्न छु भने आफूबाट नै सुरुवात गर्नुपर्ने शर्माको भनाइ छ ।

कांगे्रसका केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरतकुमार शाहले काँग्रेस बदलिएको र अब देशलाई बदल्न आवश्यक रहेको बताउनुभयो । उहाँले देश बदल्न भ्रष्टाचारमुक्त बनाउन आवश्यक रहेको बताए ।

काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समिति संयोजक राजु खनालले फागुन २१ म हुने निर्वाचनपछि काँग्रेस नेतृत्वको सरकार बने मात्र जेनजी पुस्ताले उठाएको माग सम्बोधन हुने बताए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीसभापति रामकृष्ण खाण, पूर्व केन्द्रीय सदस्य गंगा शाही, सचिव हरि काफ्ले लगायतले बोल्दै कांग्स्लाई मत मागेका थिए ।