रास्वपालाइ अमेरिकाको सहयोग– चित्रबहादुर

बुटवल, माघ २९ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी पास गर्न सहयोग गरेको रास्वपालाइ एसपीपी पास गराउन अमेरिकारले रास्वपलाइ सहयोग गरेको बताएका छन् ।

बिहीबार बुटवलमा मिडियाकर्मीसंग कुरा गर्दै अध्यक्ष केसीले देशलाई दाउमा राख्नेसंग सचेत भएर फागुन २१ के निर्वाचनमा मतदान गर्न आममतदातालाई आग्रह गरेका छन् ।

दर्शन, सिद्दान्त, परराष्ट्र नीति केही नभएकाले देशलाई निकास दिन नसक्ने बताउंदै अध्यक्ष केसीले भने रवि, बालेन स्वार्थमा लागेका छन् । कांगे्रस, एमाले र माओवादीले बदमासी गरेपनि गणतन्त्रबादी शक्ति भएकाले नयां भन्दा तैविशेष ठिक छन् । उनले कांगे्रस, एमाले र माओवादीको कुसाशनले जेनजी आन्दोलन उठेको र जेनजी आन्दोलन ठिक भएपनि जेनजी आन्दोलनमा घुसपैठ हुंदा देशमा ठूलो जनधनको षती भएको बताए ।

आगमी फागुन २१ को निर्वाचनमा नेपाली जनताले नबुझे नेपाल युक्रेन हुने र अमेरिका नेपाल छिर्ने बताउंदै नयांलाई होइन राष्ट्रियताको विषयमा लड्दै आएको राष्ट्रिय जनमोर्चालाई मत दिन आममतदालाई अध्यक्ष केसीले आग्रह गरेका छन् ।

अमेरिकाले संसदबाट एसपीपी पास गराएर नेपालमा अमेरिकी सेना भित्राउन खोजेकाले रास्वपाको भरपरे देश युक्रेन हुन सक्ने बताउंदै अध्यक्ष केसीले भने जुन दिन संघीयता भित्राईयो, एमसीसी पास गरियो त्यस दिनदेखि नेपालमा विदेशी हस्तक्षेप बढेको दावी गरे ।

हिमाल, पहाड र तराई टुक्राउने गरी विदेशीको इसारामा भित्राईएको संघीयताले देश कमजोर बनेको बताउंदै संघीयताको बिरोध गर्दा जापानको नम्बरबाट फोन गरेर १० करोड पार्टी चलाउन दिन्छौ संघीयताको बिरोध गर्न छोड्नुस भन्दै आउंदा पनि आफु देशको हितमा बोलेर नेपालको हकमा संघीयताको बिरोध गरेको बताए ।