सार्वजनिक स्थलमा इन्टरनेट निःशुल्क गराउंछु – विष्णु पौडल


बुटवल, फागुन ८ गते । एमालेका उपाध्यक्ष तथा क्षेत्र नम्बर २ रुपन्देहीका उम्मेदवार विष्णुप्रसाद पौडेलले सार्वजनिक स्थलहरुमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने प्रतिबद्दता जनाएका छन् । विकासे नेताको रुपमा आफ्नो परिचय बनाएका पौडेलले रुपन्देहीलाई सूचना प्रविधिको हबका रुपमा विकास गर्ने दावी गरेका छन् ।

रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार एमालेका उपाध्यक्षसमेत रहेका पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो चुनावी प्रतिवद्दता पत्र सार्वजनिक गर्दै सार्वजनिक स्थलहरुमा इन्टरनेट सेवा निःशुल्क गर्ने बताएका हुन् । शुक्रबार पत्रकार सम्मेलन गरी पौडेलले बुटवलमा १९ बुंदे चुनावी प्रतिवद्दतापत्र सार्वजनिका छन् ।
२३ बुंदे उक्त चुनावी प्रतिवद्दता पत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, राष्ट्यि राजमार्ग, सहरी पूर्वाधार, उद्योग वाणिज्य, कृषि, सिंचाइ नदी तथा पहिरो नियन्त्रण, संस्कृति तथा पर्यटन, भूमि समस्याको समाधान, खेल पूर्वाधार, खानेपानी तथा सरसफाइ, विद्युत, सञ्चार तथा सूचना, समाज कल्याण र सामाजिक सुरक्षा, वन तथा वातावरण, सेवाप्रवाह र सुशासन र सम्वृद्दि रुपन्देहकिा लागि आर्थिक विकासका एजेण्डा अगाडि सारिएको छ ।
गुणस्तरीय शिक्षादेखि अत्याधुनिक स्वास्थ्य सेवा, सडक तथा सहरी पूर्वाधार विस्तार, लगानीमैत्री वातावरण, खेलकुंद र पर्यटन प्रवद्र्दन, सामाजिक सुरक्षा र हरित अर्थतन्त्रमार्फत रुपन्देहीलाई सबल राष्ट्यि आर्थिक केन्द्र बनाउने लक्ष्य राखिएको पौडेलले बताएका छन् ।

पत्रकार सम्मेलनमा आफ्नो चुनावी प्रतिबद्दता पत्र सार्वजनिक गर्दै पौडेलले पारदर्शीता, भ्रष्टाचारविरुद्द शून्य सहनशीलता, जवाफदेही प्रशासन र जनसहभागितामा आधारित साशनमार्फत दीगो सम्वृद्दि हासिल गर्ने प्रतिबद्दता जनाएका छन् ।
उनले संविधान, लोकतन्त्र, राष्ट्यि स्वाधिनताको पक्षमा दृढ रहेको उल्लेख गर्दै उनले भने चुनाव जितेपछि रुपन्देहीको समग्र विकास पुरा गर्ने देखाउंछु । धेरै विकास गरेको छु, केही पुरा नभएको विकास योजनाका कामहरु सम्पन्न गर्नका लागि पनि रुपन्देही क्षेत्र नम्बर २ मा मेरो आवश्यक्ता छ भने ।
उनले सबै प्रकार आर्थिक तथा सामाजिक विभेद र असमानताको अन्त्य गर्दै समतामूलक विभेदमूलक समाज निर्माणका साथै मानवीय पूंजीमा आधारित अर्थतन्त्रको विकास गर्ने दावी गरेका छन् ।
रुपन्देहीबाट अन्यत्र जान नपर्ने गरी हरेक तहमा गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने, रुपन्देहीका जनतालाई उपचारका लागि राजधानी वा अन्यत्र जान नपर्ने गरी गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने पौडेलले चुनावी प्रतिबद्दता पत्रमार्फत मतचदातालाई प्रतिबद्दता जनाएका छन् ।
उनले सूचना प्रविधिका उद्योगहरु सञ्चालन गर्नका लागि सहुलियत कर्जा, सूचना प्रविधि सेवा निर्यात गर्ने र आयमा कर छुटको व्यवस्था गर्ने मतदातालाई आश्वासन दिएका छन् । कृषि उत्पादनलाई राष्ट्यि तथा अन्तर्राष्ट्यि बजारमा पुराउने उद्देश्यका साथ म्घा परियोजनाका रुपमा प्रस्तावित सेमलार कृषि उपज थोक बजारको निर्माणको काम सम्पन्न गर्नेसमेत प्रतिवद्दता जनाएका छन् ।
।
पत्रकार डिआर घिमिरेको सञ्चालनमा भएको उक्त पत्रकार सम्मेलनमा चुनाव परिचालन समितिका संयोजक तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले भ्रष्टाचारको अन्त्य सुशासन कायम गर्न र सबै क्षेत्रको विकासका लागि एमालेको विकल्प नभएकाले बताए ।
रुपन्देही क्षेत्र नम्बर २ मा एमालेको तर्फबाट विषण्ुप्रसाद पौडेलले पटक पटक चुनाव जित्दै आएका छन् ।























