भोट माग्दै राष्ट्रिय जनमोर्चा जनताको घर घरमा


बुटवल, फागुन ७ गते । चुनावी अभियानलाई तीव्रता दिएको राष्टिय जनमोर्चाले घरदैलो अभियानलाइृ तीव्रता दिएको छ । केही दिन अघिदेखि चुनावी अभियान चलाएको राष्टिय जनमोर्चाले आफ्नो चुनावी घोषणा पत्र लगेर मतदाताको घरदैलोमा पुगेको हो ।

गणतन्त्र र राष्टियताको रक्षा संघीयताको खारेजको मुख्य नारासहित आमजनातको पक्षको घोषणा पत्रसहित राष्टिय जनमोर्चाका नेता तथा कार्यकर्तासंगै उम्मेदवार घरदैलो अभियानमा केन्द्रित भएका छन् । चुनावी अभियान अन्तरगत राष्टिय जनमोर्चाले रुपन्देहीको क्षेत्र नम्बर १, २, ३ र ५ नम्बर क्षेत्रमा घरदैलो अभियान चलाएको छ ।
राष्टिय जनमोर्चा क्षेत्र नम्बर २ रुपन्देहीले घरदैलो अभियानलाई प्राथमिकता दिएर मतदातालाई राष्टवादी शक्ति राष्टिय जनमोर्चालाई गिलास चिन्हमा मत दिन आग्रह गर्दै घरदैलो अभियानलाई तीव्रता दिएको छ ।

घरदैलो, कोणसभा तथा जनभेटघाट कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै राजमो मतदाताको घरघरमा पुगेको हो । घरदैलो अभियानमा रुपन्देही षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार रुकबहादुर पराजुलीले घरघरमा पुगेर राम्रासंग बुझेर घोषणा पत्र अध्ययन गरेर मात्रै मत दिन आममतदातालाई आग्रह गरेका छन् ।
घरदैलो अभियानमा राष्टिय जनमोर्चाका समानुपातिक तर्फका उम्मेदवार लिलाबहादुर केसी, अर्का समानुपातिक तर्फका उम्मेदवार गणेश गौतम, राष्टिय जनमोर्चाका केन्द्रिय सल्लाहकार चन्द्रबहादुर केसी, राष्टिय जनमाृर्चा रुपन्देही कार्यबाहक अध्यक्ष इन्द्रिरा ज्ञवाली, वामपन्थी नेता चेतनाथ आचार्य, राजमोका नेताहरू ढुण्डीराज शर्मा, पदम श्रेष्ठ, उमलाल बन्जाडे, गोपाल बन्जाडेलगायत स्थानीय राजमोका शुभचिन्तकको सहभागितामा घरदैलो अभियान चलाईएको राष्टिय जनमोर्चा रुपन्देहीका जिल्ला सदस्य भिमलाल न्यौपानले जानकारी गराए ।























