त्रिशुलीमा बस खस्दा १७ जनाको मृत्यु

बुटवल, फागुन ११ गते । पोखराबाट काठमाडौ जादै गरेको यात्रुबाहक बस मध्यरातमा धादिङको त्रिसुली नदीमा खसेपछि १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २४ जना घाइते भएका छन्।

आइतबार राती करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका–५ भैंसिगौडास्थित पोखराबाट काठमाडौं जांदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीमा खसेको प्रहरीले बताएको छ ।

दुर्घटनामा मृतक र घाइतेको विवरण भने अझैआउन बांकी छ । अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्दारमा खटिएका छन् ।