कांग्रेसका चुन्नु भोट माग्दै घर दैलोमा


बुटवल, फागुन ९ गते । रुपन्देही क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल भोट माग्दै घरदैलोमा पुगेका छन् । घरदैलो अभियानलाई तीव्रता दिएका पौडेलले पार्टीका नेता तथा कार्यकर्ताको साथमा मतदाताको घरदैलोमा पुगेका छन् ।

घरदैलो अभियान अन्तरगत तिलोत्तमा नगरपालिका वडा नम्बर ५ र ६ मा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।
निर्वाचन आउन १२ दिन बाँकी रहँदा मतदातासँग प्रत्यक्ष भेटघाट गरेर संवाद र समस्याको पहिचानमा केन्द्रित हुंदै समस्याको समाधान आफुले मात्रै गर्न सक्ने भन्दै मतदातालाई आश्वासन दिएका छन् ।
घरदैलोका क्रममा स्थानीय नागरिकले वर्षौंदेखि दोहोरिँदै आएका गुनासो खुलेर राखेका छन । कतै ढल निकासको समस्या, कतै सडक स्तरोन्नति अधुरो, कतै खानेपानीको अभाव, त कतै स्वास्थ्य सेवा र शिक्षाको गुणस्तरप्रति असन्तुष्टि सुनिएको बताउंदै उम्मेदवार पौडेलले त्यो समस्या समाधान गर्ने मतदातासंग प्रतिवद्दता जनाएका छन् ।

उनले मतदातासंग स्थानीय कृषकहरूले उत्पादनको उचित मुल्य पाउनुपर्ने, मल–बिउको अभाव र बजार व्यवस्थापन कमजोर भएकले यि सबै समस्याको हल गर्नेसमेत प्रतिवद्दता जनाएका छन् ।
साना व्यवसायीहरूले बैंकिङ सहजता र कर प्रणालीमा सुधार गर्ने मतदातालाई सुनाउंदै पौडेलले आफू किसान परिवारबाट आएको र ब्यापार–व्यवसायमा संघर्ष गरेर स्थापित भएको व्यक्तिका रूपमा स्थानीयको पीडा नजिकबाट बुझेकले यि समस्याप्रति गम्भीर छु भने ।
टोल–टोलमा आयोजित कोण सभामा स्थानीय बासिन्दाले “यसपटक काम गर्ने प्रतिनिधि चाहिएको” भन्दै साथ दिने संकेत गरेका छन् । केही ज्येष्ठ नागरिकले “हाम्रो समस्या सुन्ने नेता कमै भेटिन्छ, घरमै आएर सुन्नु राम्रो संकेत हो” भनेर प्रतिक्रिया दिए । पौडेलले सदनबाट मात्र होइन जनतासँग नियमित संवाद कायम राख्ने र टोलस्तरमै बसेर मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।























