घर दैलोसंगै चुन्नु सामाजिक र धार्मिक कार्यमा

बुटवल, फागुन १० गते । हरेक बिहान बुटवलको देवीनगरस्थित वाणिज्य क्याम्पस नजिकै रहेको पुरानो नवदुर्गा मन्दिरको आँगनमाधूपको सुगन्ध फैलिन्छ । आरतीको मधुर ध्वनी, उज्यालो र श्रद्धालुहरूको शान्तअनुहार—यी सबैले यहाँको आध्यात्मिकवातावरणलाई अझगहिरो बनाइदिन्छ ।

यो मन्दिरमा दैनिकपूजा, विशेष आराधना र पर्व–उत्सवको चहलपहल देखिन्छ । तर, केहीवर्ष अघिसम्म यहाँवर्षमा एक पटक मात्रपूजाहुन्थ्यो । उक्तनवदुर्गा मन्दिरलाई विधिवतदर्ता गरि व्यवस्थितबनाउने पहलसँगै यसको स्वरूप परिवर्तन भयो । यस परिवर्तनको केन्द्रमा छन्—उद्योगी, समाजसेवी तथा धार्मिक व्यक्तित्व चुन्नप्रसाद पौडेल ।

नवदुर्गा मन्दिरका संस्थापक अध्यक्ष एवं संरक्षक अर्जुन कुँवरका अनुसार, दर्तापछि पौडेलले मन्दिरको संरचना सुधारदेखि दैनिक पूजाआजाको व्यवस्थापनसम्म आर्थिक जिम्मेवारी सम्हाले । तेल, धूप, पूजा सामग्री र पुजारीको पारिश्रमिक—यी सबै खर्च वर्षौँदेखि उनले नै व्यहोर्दै आएका छन् ।

साथै, मन्दिरको दीर्घकालीन स्थायित्वका लागि पौडेलले अक्षयकोष स्थापना गरेका छन् । “पहिले यहाँवार्षिक पूजामात्र हुन्थ्यो, अहिले दैनिक आरतीसँगै बेला–बेलामा विशेष पूजा हुन्छ,” कुँवर भन्छन्, “यो परिवर्तनले समुदायलाई जोडेको छ ।”

तिलोत्तमा नगरपालिका वडा नम्बर ४ स्थित श्रृगेश्वर धाम २०७२ सालमानिर्माण सम्पन्नभयो । धाम परिसरभित्रमुलमन्दीर र पशुपति सदन, नामकआश्रम पनि छ जसको निर्माण चुन्नु पौडेलले गरेकाहुन् । जहाँधर्म र सेवाको समन्वय देखिन्छ । यहाँ दैनिकपूजामात्रहोइन, ज्येष्ठ नागरिकका लागि योग, भजन–कीर्तन र भोजनको व्यवस्था छ । तिलोत्तमाको ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेका अनुसार, दैनिक एक सयभन्दा बढी ज्येष्ठ नागरिक आश्रममा सहभागी हुन्छन् । जहाँ योग, प्रवचन, भजन र भोजन पनिहुने गर्दछ ।

पौडेलको योगदान केवल एउटा–दुईटा मन्दिरमा सीमित छैन । बुटवलको योगीकुटीस्थित शनिमन्दिर, कालिकानगरको नरेश्वर मन्दिर, बुटवल–५ को क्रियापुत्रीहल, गोलपार्कको मन्दिर, दीपनगरको नीलकण्ठ बाबाधाम, सत्य शाहीमन्दिर र शिवालयमन्दिर—यी सबैमानिर्माण, जीर्णोद्धार वापूर्वाधारकाकाम गरेका छन् । त्यसमा लगानीको हिसाब भन्दा सेवाभावले गरेको पवित्रकार्यहरू रहेको पौडेले बताउँछन् ।
उनकाभाइ नरेश्वर पौडेलका अनुसार नयाँमन्दिर भवननिर्माण, मूर्ति स्थापना, प्राण प्रतिष्ठा, धर्मशाला र सभाहलनिर्माणमा व्यवस्थापकीय र आर्थिक सहयोग निरन्तर हुँदै आएको छ । धेरैजसो मन्दिरहरूमाभागवत सप्ताह, पुराण प्रवचन, यज्ञ, शिवरात्री, रामनवमी र कृष्ण जन्माष्टमी जस्ता पर्वमाविशेष कार्यक्रम आयोजना हुने गरेको बताए ।

बागलुङबाट व्यापारकालागि बुटवल आएका चुन्नप्रसाद पौडेल स्थापित उद्योगीका रूपमा देशभर परिचित छन् । उत्पादन क्षेत्रबाट प्राप्तउपलब्धिलाई उनले सामाजिक र धार्मिक सेवासँगजोडेका छन् । उनी नेपालीकाँग्रेसका सक्रिय नेता (महासमिति) सदस्य समेत हुन् र रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यकाउम्मेदवारका रूपमा अघि बढिरहेका छन् । तर, उनलाई चिन्नेहरूकालागिउनको अर्को पहिचानअझबलियो छ—धार्मिक व्यक्तित्व ।

धार्मिक परिवारमा हुर्केकाउनले सानैदेखि मठ–मन्दिर निर्माण र सहयोगमा आत्मसन्तुष्टि पाउने बताएका छन् । “सबैभन्दा ठुलो कमाइभनेको आत्मसन्तुष्टि हो,” उनी भन्छन्, “त्यही सन्तुष्टिका लागिहाम्रो परिवार वर्षौँदेखि धार्मिक र सामाजिक सेवामा सक्रिय छ र निरन्तर रहनेछ ।” पौडेलको विश्वास छ—धार्मिक गतिविधिले केवलआस्थाहोइन, आर्थिक र सामाजिक क्षेत्रमाचलायमानतापनि बढाउँछ ।

यसवाहेक धार्मिक पर्यटनको सम्भावना, स्थानीय रोजगारी सृजना र युवापुस्तामा नैतिकशिक्षा प्रवद्र्धन—यी सबै पक्षमा सकारात्मकप्रभाव पर्ने उनको धारणा छ ।