आहालखोला चिसापानीमा हाइस दुर्घटना, २ गम्भीर घाइते


बुटवल, चैत १३ गते । प्यूठानको झिम्रुक गाउंपालिका वडा नम्बर ३ आहालखोलास्थित चिसापानीमा हाइस दुर्घटना हुंदा १८ जना घाइते भएका छन्, भने दुई जना गम्भीर घाइते भएका छन् ।

झिमरुक गाउंपालिका वडा नम्बर २ बादिकोटबाट आज बिहान सवा सात बजे बुटवलतर्फ जाँदै गरेको हाइस झिम्रुक गाउँपालिका–३ आहालखोला चिसापानीमा दुर्घटना भएको स्थानीय पूर्व जनप्रतिनिधि नवराज केसीले जानकारी गराए ।गम्भीर घाइते रुपेश पोखरेल र चित्रा विष्टलाई उपचारका लागि बुटवल पठाईएको स्तानीयले बताएका छन् ।
स्थानीयका अनुसार हाइस अनियन्त्रित भई सडकबाट तल खसेको थियो। घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवल पठाईको र सामान्य घाइतेलाई स्थानीय स्वासथ्य संस्था र जिल्ला अस्पताल बिजुवारमा उपचारका लागि पठाईएको छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन। दुर्घटनाबारे घटनाबारे अनुसन्धान गरिने प्रहरीले बताएको छ ।























