कार्की आयोगको प्रतिवेदनप्रति बारको बिरोध


बुटवल, चैत १२ गते । नेपाल बार एशोसियसनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सार्वजनिक गरेको प्रतिवेदनको बिरोध गरेको छ । नेपाल बार एशोसियसन बैठकले प्रतिवेदनप्रति बिरोध गर्ने निर्णय गरेकोछ ।

प्रतिवेदनका कतिपय ठाउँमा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतामाथि प्रहार भएको, कानुन व्यवसायीमाथि लान्छना लगाइएको र अन्य आपत्तिजनक विषयवस्तु समावेश भएको देखिएकाले विरोध गर्नु परेको नेपाल बार एशोसियसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले बताएका छन् ।























