पूर्व गृहमन्त्री लेखक पक्राउ


बुटवल, चैत १४ गते । पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । बाले्न सरकारले पक्राउ गर्ने आदेश दिएपछि प्रहरीले लेखकलाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्व गृहमन्त्री लेखक पक्राउ परेको पुष्टि गरेको छ ।

लेखकलाई उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट आज शनिबार बिहानै प्रहरीले पक्राउ गरेको हो । नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरे अनुसार गृहमन्त्री लेखक पक्राउ परेका हुन् ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमन गरेको जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ परेका लेखकलाई प्रहरी परिसर भद्रकाली ल्याइँदैछ ।






















