ओली पक्राउ प्रकरणः चावहिल क्षेत्रमा एमाले उत्रियो

काठमाडौं । एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन सुरु गरेको छ । ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरु काठमाडौंको चावहित क्षेत्रमा एमाले कार्यकर्ताहरु सडक प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । सरकारले शनिबार बिहानमात्रै अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो । पक्राउ लगत्तै एमाले नेताहरुले अब सडक प्रदर्शनमा उत्रने प्रतिक्रिया दिएका थिए । त्यसपछि पार्टीले औपचारिक निर्णय गर्नका लागि बैठक गरिरहेको छ ।

सडकमा उत्रिएका एमाले कार्यकर्ताहरुले प्रतिशोधपूर्ण राजनीति बन्द गर भन्दै नारा लगाइरहेका छन् ।