पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ


बुटवल, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट आज केहीबेर अघि पक्राउ गरेको हो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोलीले निवास प्रवेश गरेर पूर्व प्रधानमन्त्री ओलीलाई पक्राउ गरेको हो । उज्यालो नहुंदै ओली निवास पुगेको प्रहरीले ओली निवासको गेट तोडेर भित्र प्रवेश गरेको थियो ।
भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपमा पूर्वप्रधानमन्त्री ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।
कार्की जाँचबुझ आयोगको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८२ को कसुर गरेको आरोपमा पक्राउ गरेको हो ।
पूर्वप्रधानमन्त्री ओलीले कानुनी लडाइ लड्ने प्रतिक्रिया दिएका छन् ।






















