पक्राउपछि पूर्वगृहमन्त्री लेखक भन्छन्:क्याविनेटबाट पक्राउ गर्ने अभ्यास कानुनको मजाक उडाइएको छ


काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै त्यसको राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन्। शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यस्तो बताएका हुन्।

उनले भने, राजनीतिक पूर्वाग्रह र प्रतिशोध पूर्ण ढंगले मलाई पक्राउ गरिएको छ। यसको राजनीतिक र कानुनी लडाइँ लड्छु। मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको लेखकले बताएका छन् । क्याविनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ। यस्तो कहिले हुँदैन संसारमा, उनले भने।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् । तर गृहमन्त्री सुधन गुरुङले कानूनभन्दा माथि कोही नहुने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।
























