भदौ २४ का घटनाको छानबिन गर्न उच्चस्तरीय समिति बनाइने


काठमाडौँ । सरकारले गत २४ भदौमा जेन(जी आन्दोलनको क्रममा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने भएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले शनिबार साँझ शासकीय सुधारका लागि भन्दै सार्वजनिक गरेको १०० कार्यसूचीमा एक हप्ताभित्र उक्त समिति गठन गर्ने उल्लेख छ।

२४ भदौमा घटेको घटनाको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने सरकारको कार्यसूचीमा उल्लेख छ। सम्वत् २०८२ भाद्र २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने ।
उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिने तथा समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने, कार्यसूचीमा उल्लेख छ।





















