आगामी वर्षदेखि कक्षा पाँचसम्मको परीक्षा प्रणाली बन्द गर्ने सरकारको निर्णय


काठमाडौँ । सरकारले अर्को वर्षदेखि कक्षा पाँचसम्मको परीक्षा लिने प्रणाली बन्द गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिषरिषद बैठकले शासकीय सुधारका लागि १०० वटा कार्यसूची बनाएकोमा शिक्षाको सुधारका लागि चारवटा सूची बनाएकोमा एउटा कक्षा पाँचसम्मको परीक्षा लिने प्रणाली बन्द गर्ने निर्णय गरेको हो।

शनिबार सार्वजनिक १०० कार्यसूचीमा कक्षा पाँचसम्मको आन्तरिक परीक्षा लिने काम बन्द गर्ने र त्यसको सट्टामा बालबालिकालाई मनोवैज्ञानिक असर र दबाब नपर्ने खालका प्रणालीको विकल्प तयार पार्ने निर्णय भएको छ।
साथै शिक्षा सुधारका लागि विद्यालय, विश्वविद्यालयमा दलीय विद्यार्थी संगठन खारेज गर्ने र त्यसको विकल्पमा विद्यार्थी काउन्सील जस्तो कुनै संयन्त्र गठन गर्ने निर्णय भएको छ। स्नातकसम्म अध्ययन गर्न नागरिकता नचाहिने व्यवस्था पनि तत्काल्यै गर्ने निर्णय सरकारले गरेको छ।





















