राज्यको गलत नीतिले समस्या – मुद्रण व्यवसायी

बुटवल, १५ चैत । राज्यको गलत नीति र व्यवहारले मुद्रण उद्योगको लगानी डुब्ने अवस्थामा पुगेको सरोकारवालाहरुले बताएका छन् ।
देश भित्रकै छापाखानाहरुले सेवा दिन सक्षम भएता पनि राज्यबाट व्यवसायलाई हेर्ने नीतिमा परिमार्जन गर्ने काम हुन नसक्दा समस्या भोग्नु परेको गुनासो गरे ।

शनिबार बुटवलमा मुद्रण उद्योग संघ रुपन्देहीको ११ औ साधारण तथा छैटौ अधिवेसनमा बोल्ने उद्योगी व्यवसायीले मुद्रण व्यवसायबाट वयवसायी विस्थापित हुने अवस्था सिर्जना भएको बताए ।

संघका संस्थापक अध्यक्ष तथा केन्द्रिय सल्लाहकार खेमप्रसाद लुईटेलले नेपालको हरेक परिवर्तनमा मुद्रण क्षेत्रले पु¥याएको योगदानबारे चर्चा गर्दै मुद्रणमा नया प्रविधिलाई आत्मसात गर्न जरुरी रहेको बताए ।
मुद्रण सेवा र कार्यलाई विश्वसनीय र भरपर्दो बनाउदै विदेशबाट छपाई गरि नेपाल भित्रायाउने कामलाई निरुत्साहित गर्न व्यवसायीवीच एकता आवश्यक रहेको बताए ।

ठुलो लगानी रहेको यो क्षेत्रमा सरकारले ध्यान नदिएको गुनासो गर्दै उनले भने –कच्चा पदार्थभन्दा तैयारी सामग्री भित्राउदा कम मुल्य पर्ने गलत भन्सार नीति तत्काल बन्द गरिनु पर्छ ।

रुपन्देही उद्योग संघका अध्यक्ष एम मुद्रण संघका केन्द्रीय सदस्य कृष्णप्रसाद पराजुलीले दशकौं अघि बनेको आर्थिक तथा भन्सार नीति परिमार्जन गरि देशमा उत्पादित बस्तुहरुको प्रयोग र संरक्षण गर्ने काम नहुदासम्म नेपाली उद्योग क्षेत्रले विकास गर्न नसक्ने बताए ।

प्रदेश अध्यक्ष घनश्याम घिमिरेले संघले पेपरलेस प्रविधि कारण ठुलो लगानी भएको मुद्रण व्यवसायमा समस्या बढेको हुदा नया सैलीले व्यवसाय सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

उक्त अधिवेशनले संघका वरिष्ठ उपाध्यक्ष अरुण पन्थीको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समिति सर्वसम्मत चयन गरेको छ । अधिवेसनबाट संघको वरिष्ठ उपाध्यक्षमा राजु घिमिरे, द्धितिय उपाध्यक्षमा भरत पाठक, सचिवमा नर बहादुर राना, कोषाध्यक्षमा नेत्रप्रसाद आचार्य, सहसचिव मधुसुधन पोखरेल र सदस्यहरुमा दिलिप रिजाल, ऋषिराम आले, मेनका केसी, बसन्त शर्मा, हिमालय पौडेल चयन भएका छन् ।

अधिवेशन संघका अध्यक्ष पशुपति पौडेलको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अरुण पन्थीको स्वागत तथा सचिव राजु घिमिरेको सञ्चालनमा भएको थियो ।