प्रधानमन्त्री बालेन्द्रलाई दलाई लामाका प्रतिनिधीले दिए बधाई

बुटवल, चैत १५ गते । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाइ तिब्बती निर्वासित सरकारका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङ बधाई ज्ञापन गरेका छन् । सिक्योङ पेम्पा छेरिङ दलाई लामाका मुख्य प्रतिनिधीको रुपमा चिनिन्छन् ।

आफ्नो बधाई पत्रमा सिक्योङले प्रधानमन्त्री बानलेन्द्र शाहलाई बधाई ज्ञापन गर्दै लेखेका छन् – हालैको जेन–जेडको नेतृत्वमा भएको आन्दोलनपछि सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा तपाईंको उदय नेपाली जनता, विशेष गरी युवा पुस्ताको आकांक्षाको शक्तिशाली प्रतीक हो ।”
पत्रमा थप लेखिएको छ की “नेपाल र तिब्बतबीच पुस्तौंदेखि चलिआएको ऐतिहासिक र आध्यात्मिक सम्बन्ध रहेको छ, यो सम्बन्धलाई नेपालमा तिब्बती समुदायले थप सुदृढ तुल्याएको छ । सरकारले तिब्बती जनताको यो नेपालको पहिचानलाई सम्भव बनाएको छ। जसको लागि हामी गहिरो आभारी छौँ ।”