मरे पनि बाचिरहेका छन्, शोविसन, किरण


बुटवल, चैत २२ गते । शोबिसन किरण स्मृति फाउन्डेसनको आयोजनामा स्व. शोबिसन पाण्डे र किरण पाण्डेको १० औं स्मृति दिवस विश्व सुख शान्ति बौद्धविहार तिलोत्तमा १ मा सम्पन्न भएको छ ।

विहारका अध्यक्ष चन्द्र बहादुर श्रीषको आतिथ्यता , फाउन्डेसनका संरक्षक बिष्णु जि पाण्डे ( माइला बा) भन्ते ज्यु, फाउन्डेसनका सल्लाहकार डिल्ली नारायण पाण्डेय, कोषाध्यक्ष दिपक कार्की , विहारका उपाध्यक्ष शेर बहादुर राना मगर, सचिव इन्दु थापा , कोषाध्य जीवन बुढाथोकी फाउन्डेसनका कार्यसमिति सदस्य प्रकाश गौतम लगायतको सहभागितामा कार्यक्रम गरिउको थियो ।
फाउन्डेसन का अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षता र सचिव रुकु पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो । ना बालक स्व. शोबिसन र किरण पाण्डेको स्मृतिमा वार्षिक रुपमा कार्यक्रम आयोजना गरिएको हो । 

२०७२ चैत्र २० र २१ गते अल्पआयुमै मृत्यवरण गरेका स्व. शोविशन र किरण पाण्डेको स्मृतिमा फाउण्डेशनले वार्षिक रुपमा कहिले रक्तदान कहिले विपन्न तथा असहायलाई सहयोग गर्दै आएको छ । रुपन्देहीका हास्यव्यङ्के कलाकार विष्णु जी पाण्डे माईला बा र शोभा पाण्डेका दुवैछोरा शोविशन र किरणको एक दिनको फरकमा उपचारको क्रममा मृत्यु भएको थियो ।
आफ्नै घरमा तताई रहेको तातो दुधमा अकस्माथ परेर गम्भीर घाईते भएका शोविशनको २०७२ चैत २० गते उपचारको क्रममा काठमाण्डौमा निधन भएको थियो ।
त्यस्तै ज्वरो र पखलाको अवस्थामा उपचारकै क्रममा शोविशनका भाई किरणको एक दिनपछि २१ गते बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा निधन भएको थियो । शोविशन पाण्डे दुई वर्षका थिए भने किरण पाण्डे सात महिनाका थिए ।
सबैको मन छुने अकल्पनीय घटना घटेपछि कलाकार र पत्रकारहरुको सक्रियतामा कलाकार धनबहादुर गुरुङ अध्यक्ष रहेको शोविशन, किरण फाण्डेशन गठन गरिएको थियो ।























