अन्टुकको राष्ट्रिय भेला बुटवलमा

बुटवल, चैत २३ गते । अखिल नेपाल ट्रेडयुनियन महासंघ (अन्टुक) को राष्ट्रिय भेला २०८३ जेठ २९ र ३० गते बुटबलमा हुने भएको छ ।
अखिल नेपाल ट्रेडयुनियन महासंघ (अन्टुक) को बुटवलमा सम्पन्न केन्द्रिय समितिको बैठकले राष्ट्रिय भेला बुटवलमा गर्ने निर्णय गरेको हो ।

गत भदौ २३–२४ गतेको घट्नाबाट मृ्त्युबरण गरेका युवाहरुको परिबारलाइ उचित क्षतिपुर्ति भरण पोषण र रोजगारिको ब्यबस्था, घाइतेहरुको स्वास्थउपचारको पूर्णव्यवस्था, अपाङ्ग भएका नागरिकलाइ रोजगारी र जीवन निर्वाहका लागि उचित बैकल्पिक ब्यबस्था गर्न बैठकले सरकारसंग माग गरेको छ ।

बैठकपछि अन्टुकका अध्यष लोकराज भुसालले विज्ञप्ती जारी गरी मजदुर बर्गको वर्गिय हितका लागि ट्रेड युनियन अधिकारको सुनिश्चितता हुनुपर्ने उक्त विज्ञप्तीमा उल्लेख गरिउको छ ।

अन्टुकले जारी गरेको प्रेस विज्ञप्तीको पूर्णपाठ ।

अखिल नेपाल ट्रौडयुनियन महासंघ ( अन्टुक) केन्द्रीय समितिको बैठक अध्यक्ष लोकराज भुसालको अध्यक्षता र सल्लाहकार कमरेड भैरवरेग्मिको विशेष उपस्थितिमा मिति २०८२–१२–१९ गते बुटबलमा बस्यो । बैठकले मजदुर बर्गको दैनिक जीवनमा समसामयिक राजनैतिक परिस्थिले पारेको असरको बारेमा निम्न अनुसारको अवधारणा र समसामयिक परिस्थिति बारे सार्बजनिक गर्न यो प्रेसबिज्ञप्ति जारि गरिएको छ।
१ –

२०८२ साल भाद्र २३ गते नवयुवा प्रतिभा जेन जि उमेर समूहका युवाद्धारा देशमा भएको शासकिय शोषण दमन अत्याचारको बिरुद्धमा खास गरेर र मुलुकमा सरकारकै मुख्य संरक्षणमा चरम भष्ट्रचार घुस बेथिति भएको र त्यसबाट जनताको दैनिक जीवनमा निकै ठूलो समस्याहरु खडा हुँदै गएको, देश भ्रष्चारको दलदलमा उठ्नै नसक्ने गरि फसेकाले भ्रष्टचारको नियन्त्रणको लागि आर्थिक पारदर्शीता, शासकिय संयन्त्रहरुको शुद्धिकरण, असलशासन र नागरिकहरुको सुचनाको हकका लागि सामाजिक संजालको नियन्त्रणको फुकुवा जस्ता अत्यान्तैमहत्वपुर्ण सरल र जनपक्षिय माग हरु राखेर युवाहरुद्धारा गरिएको शान्तिपूर्ण आन्दोलन भद्र अनुशासित बिरोध प्रदर्शन माथि लोकताान्त्रिक ब्ययबस्थाको मुलमर्म र भावना बिपरित गरिएको दमन हत्या र त्यसबाट उत्थपन्न विषम परिस्थितिबाट संसदको बिघटन गरि सम्माननीय राष्ट्रपतिबाट पूर्वप्रधान न्यायधिस शुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन तथा ६ महिना भित्र २०८२– फागुन २१ गतेका दिन संसदको नयाँ निर्बाचनको जिम्मेवारी सहितको घोषणा सहित मुलुकलाइ निकै चुनौतिपुर्ण परिस्थितिमा बर्तमान संबिधानको पालना र रक्षा गर्ने प्रयास अगाडिबढाइएको विषम राजनैतिक परिस्थितिकै बिचमा शुधिला कार्किको नेतृत्वको सरकारले निर्धारित मितिमै निर्बाचन मर्यादित र शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ यद्धपि निर्बाचनबाट पुराना स्थापित राजनैतिक दलहरुलाइ पछाडि पार्दै रा स्व पा ले करिब दुई तियाइ बहुमतको नजिकको निर्बा चन परिणाम हासिल गरि संसदको बिगतको दलहरुको उपस्थितिलाइ संख्यत्मक रुपले परिबर्रतन गराएको छ , संसदको यहि परिणामको जगमा रा स्व पा ले बालेन्द्र शाहको नेतृत्वमा १६ सदस्यिय मन्त्रिपरिषद गठन गरि सरकार गठन गरेको नयाँ परिस्थिति श्रृजना भएको छ।

बैधानिक निर्बाचनको प्रकृयाबाट निर्बाचित सरकारले नेपाली जनता र मतदाताको भारि अमुल्यजनमत प्राप्त गरेको अबस्थामा सरकारले उक्त जनमतको उच्च कदर सम्मान गरि लोकतन्त्रको मुल भवना स्प्रिट संस्कार संस्कृति मूल्य मान्यताहरुलाइ आत्मसाथ गरि नवयुवाहरुको आन्दोलन बिद्रोहका कारणहरु लाई सहि विश्लेषण गरि समाधानको उपयुक्त कदमहरु लाई कानुन र बिधिको शासन पद्धति अबलम्बन गरि राष्ट्रको रक्षा यबम् सर्बोपरिहित तथा जनताका जनजीबिकाका सबालहरुलाइ प्राथमिक कार्यभार र गहन जिम्मेवारिको रुपमा लियर राष्ट्र प्रति समर्पणभावले कार्यभार बहन गर्नु सरकारको प्रमुख दायित्व हुनु पर्दछ त्यसको लागि हामि सरकारको विशेष ध्यानआक्रषण गराउँदछौं।
नबगठित सरकारले गत भाद्र २३ नवयुवाहरुको आन्नदोलनमा बलप्ररयोग गरि कलिला युवा युवतिहरुको नर संहार हत्या हिंशा र भाद्र २४ गतेको बिध्वङ्स राष्ट्रिय सम्पदा सचिवालय संसद भवन सर्बोच्च अदालत लगायतका संरचना हरु ध्वङ्स गराउने तत्वहरु अराजक हत्याराहरुको अध्यान अनुसन्धान गर्ने उदेश्यले कार्यआदेश सहित अन्तरिम मन्त्रिपगरिषदले गठन गरेको गौरिबहादुर कार्कि आयोगले अध्यान अनुसन्धान गरि दिएको प्रतिबेदनको संबन्धमा गंभिर भएर अध्यान गरि अध्यान प्रतिबेदनमा २३ गतेको घट्नाको बारेमा मात्र प्राथमिकता दिएको र २४ गतेको बिध्वङ्सको बारेमा बिस्तृत अध्यान नगरेको नजर अन्दाज गरेको जस्तो गरि प्रतिबेदन आएको बुझिएकोले प्राप्त प्रतिबेदनलाइ कानुन र विधि संवत् प्रकृयाबाट सरकारका संबैधानिक संरचनाहरुको माध्यमबाट घट्नाका दोषिहरुलाइ कारबाहिको दायरामा लयाउन तथा थप अनुसन्धान गर्नु पर्ने बिषयमा बहालवाला सर्बोच्च अदालतका बरिष्ठत न्यायधिसको नेतृत्वमा अधिकार सम्पन्न न्यायिक अनुसन्धान आयोग गठन गरि थप अध्यान अनुसन्धान गरि भाद्र २३–२४ गतेका सबै अपराधि दोषिहरुलाइ निश्पक्ष पहिचान गरि दोषिलाइ हदै सम्मको कडा कानुनि कारबाहिको दायरामा ल्याउन र देशमा बिधिको शासन संचालन गराउन सरकार संग जोडदार माग गर्दछौं।
.त्यसै गरि सरकारले भाद्र २३–२४ गतेको घट्नाबाट मृ्त्युबरण गरेका युवाहरुको परिबारलाइ उचित क्षतिपुर्ति भरण पोषण र रोजगारिको ब्यबस्थापन, घाइतेहरुको स्वास्थउपचारको पुर्ण ब्यबस्थापन गर्न , गोलि लागेर घाइते र अपाङ्ग भएका नागरिकहरुको लागि रोजगारि र जीवन निरवाहको लागि उचित बैकल्पिक ब्यबस्था गर्न सरकार संग जोडदार माग गर्दछौ।

नवयुवा बिद्रोह , आन्दोलनको कारणबाट बन्द हुन पुगेका उधोग धन्दा कल कारखाना ब्यबसायिक प्रतिषठान हरु ब्यापारिक केन्द्रहरु, शिक्षण संस्थाहरुको पुन संचालनको लागि उचित भरपर्दो बिश्वासिलो वातावरण श्रृजनागर्न आम नागरिक र ब्यवसायिक केन्द्रहरुको सुरक्षाको लागि आवस्यक वातावरण बनाउन माग गर्दछ साथै निजि उधोग ब्यबसाय र शैक्षिक प्रतिष्ठानहरु बाट आन्दोलनको प्रभाव र कारणहरु देखायर निकालियका मजदुरहरु श्रमिक हरुको रोजगारिको पुन स्थापना र निरन्त्रताको लागि सरकारले भुमिकाखेल्नु पर्न माग गर्दछौं।यसै गरि निजि हस्पिटलहरु, मेडिकल कलेजहरुमा कार्यरत नर्सिङ पेशाके्मिहरु, स्वास्थकर्मि तथा चिकित्स्कहरुले न्युनतम पारिश्रमिक र मर्यादित सेवाको लागि माग राखेर आन्दोलन रत छन तर ती निजि प्रतिष्ठान हरुले सुनुआइ गरेका छैनन त्यसबाट स्वास्थ सेवा प्रवाहमा निकै असहज वातावरण श्रृजना भैरहेको छ त्यसैले सरकारले ति पेशाकर्मिहरुका न्यायिक जायज न्यु नतम जायज मागहरु पुरागराउन प्रभावकारि कदम चाल्न सरकार संग विशेष ध्यानआक्रषण गर्दछौं।

मजदुरबर्गको बर्गिय हितको लागि ट्रेडयुनियन अधिकारको सुनिश्चितता गर्नु पर्ने संबन्धमा सरकारको भुमिका बारे ः पुंजिबादी लोकतान्त्रिक ब्यबस्थाको मुलमर्म र भावना अनुसार शासन प्रणालि संचालन गरेमा मात्र श्रमिक मजदुर पेशाकर्मिहरुका लागि श्रमगर्नको लागि आवस्यक न्युनतम श्रमिकमैत्रि वातावरण श्रृजना हुने र उपयुक्त अवसरहरु प्राप्ति हुने भएकाले बिद्धामान लोकतान्त्रिक शासन प्रणालिलाइ अझसंबृद्ध बनाउनु पर्ने अबस्था कायमै रहेकोले आधारभुत रुपमा आमजनता र श्रमिक बर्गकालागि प्राप्त सिमित लोकतान्त्रिक अधिकारहरु समावेस बर्तमान संबिधानबाट मौलुकहकको रुपमा प्राप्त भएका श्रमिक मजदुर बर्गका बर्गिय हित र सामाजिक सुरक्षाको लागि आपसमा संगठित हुने र बैधानिक रुपमा आफ्ना माग हरु राखेर आन्दोलन गर्न सक्ने सौदावाजि गर्ने अधिकार सहितको ट्रेडयुनियन गठन र संचालन संबन्धि अधिकारलाइ बन्चित गराउने दृष्टिकोण हरु बिचार र बहसहरुपनि चर्चामा आएको सन्द्रभमा हाम्रो ध्यान आक्रषण भएको छ ।सरकारले ट्रेडयुनियनलाइ मर्यादित अनुशासित र कर्तब्यनिष्ट भएर सेवा प्रवाहमा क्रियाशील हुनका लागि उयुक्त वातावरण श्रृजना गरि श्रमिक पेशाकर्मिहरुलाइ थप क्षमतावान र उत्पादनसिल बनाउने नीति र कार्यक्रम लागू गर्ने कार्यदिशा लिन जरुरि छ यसको सट्टा ट्रेडयुनियन अधिकारलाइ नै खोस्ने नीति अबलम्बन गर्नु लोकतन्त्रको मर्म र भवाना बिपरित हुने भएकोले त्यस प्रारकारको नीतिगत निर्णय नगर्नको लागि विशेष ध्यानआक्रषण गराउँदछौं, साथै संभावित ट्रेडयुनियन खारेजि वा नियन्त्रणको संबन्धमा सरकारले लिने नीति र कार्यदिशाको को आधारमा त्यसको बिरुद्ध एकल र संयुक्त संघर्पषको जरुरि रहने बिषयप्रिरतिपनि सबै श्रमिक मजदुर पेशाकर्मिहरु उच्च रुपमा सचेत रहन समेत विशेष आग्रह गर्दछौं।

महासंघका सांगठनिक गतिबिधिहरुलाइ सक्रिय र प्रभावकारी बनाउनको लागि बार्षिक कार्ययोजना तयार गरि बृष्तित छलफल गरि उक्त संंगठन सुदृढिकरण योजना पारित गरिएको छ। संगठन सुदृढिकरण योजना लागू गरि गतिसिलतालाइ अगाडि बढाएर लैजाने र आगामि २०८३ जेठ २९–३० गते बुटबलमा महासंघको राष्ट्रियभेला गर्ने निर्णय भएकाले त्यसको सबै पक्षलाइ तयारि गर्ने गरि सबै तहका कमिटिहरु परिचालित हुने गराउने निर्णय भएको छ यसलाइ भव्य शभ्यरुपले सम्पन्न गराउनको लागि अपेक्षा सहित सबै सरोकारवाला पक्ष संग हार्दिक अनुरोध गर्दछौ

गत ल्यख २०–२४,२०२५ मा भारतको पुनेमा हुने तश्रो अन्तराष्ट्रिय अटोमोबाइल श्रमिक सम्मेलनमा महासंघको तर्फबाट अध्यक्ष लोकराज भुसाल र महासचिव धनपति सापकोटा कमला बन्जाडे र भारतबाट ठाकुर खनाल ले सकृय रुपमा प्रतिनिधित्व गरि सफलता पुर्वक सम्पन्न गरिएको र उक्त सम्मेलनबाट आगामि ३ बर्षको लागि अन्तारष्ट्रिय समन्बय समितिमा अन्टुकका अध्यक्ष लोकराज भुसाल निर्बाचितबहुनु भएको छ उक्त समन्बय समितिले अटोमोबाइल सेक्टरमा कार्यरत श्रमिक मजदुरहरुलाइ संगठित गर्ने र साम्राज्यबादले उक्त इन्डस्ट्रिजमा पुर्याएको हस्तक्षेपका बिरुद्ध सचेतपुर्वक आन्दोलन लाई उठान र ब्यबस्थापन गर्ने गरि उक्तक्षेत्रका सरोकार राख्ने २५ बुँधे समसामयिक पुणे घोषणा जारि गरिएको छ।

आगामि १३७ औं अन्तराष्ट्रिय मे दिवस२०८३ बैसाख १८ गते का दिन अन्टुकको आयोजनामा देशै भरि भव्यरुपले मे दिवसको ऐतिहासिक बिरासहित झल्कने गरि बिद्धमान परिस्थितिमा मजदुरबर्गका समस्याहरु र समसामयिक परिस्थितिलाइ प्राथमिकतामा राखेर मे दिवसलाइ मनाउने त्यसका लागि महासंघको केन्द्रको आयोजना बुटबलमा आयोजना हुने छ साथै सवै जिल्लाका महासंघका समितिहरुले आफ्नो जिल्लामा कार्यक्रमको आबस्यक ब्यबस्थापन र तयारि गर्न अनुरोध गरिन्छ।

अन्तमा देशको राजनैतिक परिस्थति अझै तरल र संक्रमणकालिन तथा अनिश्चित परिस्थितिमा रहेको फागुन २१ गतेको संसदको निर्बाचनबाट निर्बाचित संसदले नयाँ सरकार भरखरै गठन भएको छ तर सरकारका नीति र कार्यक्रम तथाकार्यदिशाहरु स्पष्ठरिपले घोषणा भै सकेको अबस्था श्रृजना भएको छैन, सरकारको स्थायित्वको लागि आबस्यक परिपक्क राजनैतिक परिस्थिति श्रृजना नभै सकेको र बिश्वा सिलो वातावरण श्रृजना भैनसकेकोले अझैपनि द्धन्दका बासिटाहरु देखिरहेका छन राजनैतिक अबस्था करिब संक्रमणकालिन नै देखिन्छ यसको कारण श्रम र श्रमिक एवम मजदुर बर्गको लागि थप चुनौतिहरु श्रृजना हुन सक्ने संभावना रहेकोले राजनैतिक स्थिरता , संबैधानिक मुलमार्गको माध्यमबाट समुन्नत संबृद्ध लोकतन्त्र राष्ट्र राष्ट्रियताको रक्षा संभव हुने भएकोले भाद्र २३–२४ को आन्दोलनको बिशिष्ठपरिस्थितिको जगबाट फागुन २१ गतेका दिन सम्पन्न प्रतिनिधि शभाको निर्बाचन प्रकृया बाट निर्बाचित संसदबाट गठन भएको बर्तमान सरकारले संसदमा रहेका र संसद बाहिर रहेका स्थापित राजनैतिक दलहरु तथा नव युवा समुह संग आपसि समझदारि र सहयोगको सकारात्मक मैत्रिपुर्ण बिश्वासिलो राजनैतिक वातावरण श्रृजना गरायर देशको रक्षा जनताको सेवा शान्तिसुरक्षाको अमन चयन को लागि कानुन बिधिको शासन प्र णालिको निष्ठापुर्वक कार्यन्वयनको मार्गदिशा लागु गर्ने गरि लोकतान्त्रिक मुल्यमान्यताको रक्षा गर्न उपयुक्तवाताबरण श्रृजना गरि स्वच्छ निश्पक्ष निरबाचन बाट ताजा जनादेशसहितको संसदको स्थापना र त्यसको जगबाट श्रृजना भएको बिशिष्ठ परिस्थितिमा रहेको संबैधानिक एवम् राजनैतिक असहजता बाट मुलुकलाइ मुलमार्गमा ल्याउनको लागि बर्तमान सरकार र मुलधारका राजनैतिक पार्टिहरुलाइ बिश्वावासलो राजनैतिक तावरण बनाउनबिशेष ध्यानआक्रषण गराउँदछौं सरकारले बिद्धमान बिश्वको भु राजनैतिक बिशिष्ठ चुनौतिपुर्ण अबस्थाको गंभिर समीक सं बिश्विलेषण र गहिरो अध्यान गरेर नेपालको बैदेशिक नितिमा सन्तुलित बिश्वासिलो र पन्चशिलताको सिद्धान्तको आधारमा एउटा साझा मापद्ड सहितको बैदेशिक नितिको दृष्टिकोण निर्माण गरेर राष्ट्रको सर्बोपरिहित सार्वभौमसत्ताको रक्षा र जनताको सर्बोपरिहित हुने गरि बैदेशिक नीति र संबन्धको लागि मैत्रिपुर्ण नीति लागू गर्ने इक्षा शक्ति र समर्पणभावले जिम्मेवारी बहन गर्न विशेष आग्रह गर्दै राष्ट्र हित बिपरितका एम सि सि लगायतका सन्धि संझौताको कारण देशको उधोग कलकारखाना तथा उत्पादन प्रणालिमा रोजगारिमा निकै नकारसत्मक असर परेको त्यसको प्रतक्ष असर श्रमिक मजदुरबर्गले भोगिरहेकाहुनाले ती सबै गलत सन्धि संझौता खारेजि गर्न र घातक राष्ट्रको सुरक्षा प्रणालिलाइ प्रभावपार्ने एस पि पि संझौताको अवधारणालाइ स्विकार नगर्नको लागि नबगठित सरकार संग जोडदार मागगर्दछौं।

आज २१ औं सताब्दिमा पनि अमेरिकि साम्राज्यबादले बिश्वका विभिन्न भुगोलमा अबस्थित देशहरुमा रहेको प्राकृतिक साधनश्रोत पेट्रोलियम पदार्थ तथा बहुमुल्य खानिहरुको एकलौटि कब्जा गरि अधिकतम दोहन गर्ने हस्तक्षेपकारि प्रबृतिको हैकमबादि शैली प्रस्तुत गरि जबरजस्त हस्तक्षेप गरि रहेको छ हत्या हिंशा नरसंहार गरिरहेको उदाहरण भेनेजुएला , इरान , प्यालिस्टाइन लगायतका राष्ट्रहरुमा गरेको हस्तक्षेप आतङ्क नरसंहारले साम्राज्यबादको असलि अनुहार नाङ्गिएको छ यसबाट बिश्वमै जटिल परिस्थिति श्रृजना भैरहेको छ , ती परिघट्नाको अप्रतक्ष असर नेपाललाइ पनि परिरहेको छ हाल पुर्बि एशियाका विभिन्न मुलुकमा रोजगारिको लागि गएका युबाहरु मजदुर श्रमिक हरु लाखौं युद्धको चपेटामा परिरहेका छन यसको प्रमुख कारण साम्राज्यबादि हस्तक्षेप आतङ्क भएकोले ती सबै साम्राज्यबादि आतङ्राक युद्ध हत्या हिशा बन्द गरि मानवजातिको रक्षा गर्नको लागि विशेष ध्यान आक्रषण गराउँदछौं ।

सरकारले राष्ट्रियताकोरक्षाको लागि ती सबैखाले विभिन्न साम्राज्यबादि शक्तिहरुबाट हुन सक्ने हस्तक्षेप घेराबन्दिहरुबाट विशेष सचेत भएर राष्ट्रको रक्षा र सर्बोपरिहित हुने गरि जनताको हित र सर्बोपरिहितका लागि समर्पित भएर जनताले दिएको बिश्वासको अमुल्यमतको सम्मान गर्नको लागि विशेष आक्रषण गराउँदछौं। राष्ट्रको रक्षाको लागि आबस्यक परे जनताको साथ सहयोग र सद्भावको लागि समन्बय सहकार्यको लागि प्रभावकारि कदम चाल्न आग्रह गर्दछौं।

राष्ट्र र जनताको सर्बोपरिहित र श्रमिक मजदुर बर्गको हितको लागि सरकारले अबलम्बन गर्ने नीति र कार्यक्रमहरुको कार्यनव्यन र भुमिकाका आधारमा मुलत सरकारको गुण र दोषको आधारमा हाम्रो समर्थन वा बिरोधको भुमिका रहने छ , सरकारले राष्ट्रको हित बिपरित कुनै सन्धि संझौता गर्ने , श्रमिक मजदुरबर्गको हित बिपरितका कदमहरु चालेमा त्यसका बिरुद्धको सौदावाजि बिहिन सचेतपुर्वक हाम्रो एकल वा संयुक्त रुपमा जुझारु संघर्ष गर्ने अधिकार लोकतन्त्रले सुनिश्चित गरेको हुनाले त्यो भुमिकाको लागि निरन्तर प्रयत्नसिल रहने प्रतिबद्धता प्रकट गर्दछौ।

धन्यबाद!
लोकराज भुसाल
अध्यक्ष
अखिल नेपाल ट्रेडयुनुयन महासंघ ( अन्टुक) केन्द्रिय समिति
मिति २०८२–१२–२० बुटबल ।