बुटवल यातायात प्रालिको अध्यक्षमा पुनः रविन्द्रमान

बुटवल, बैशाख २५ गते । बुटवल यातायात प्रालिको अध्यक्षमा पुनः रविन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न पांचौं साधारण सभा र तेस्रो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रालिको सञ्चालक र रुट सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त खिमानन्द भट्टराईले जानकारी गराएका छन् ।
प्रालिको सञ्चालकमा रामबहादुर शाही, कविन्द्रमान श्रेष्ठ, दिपकप्रसाद श्रेष्ठ, ज्ञानबहादुर कार्की, लालप्रसाद शर्मा र रमेशबहादुर खड्का निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै बिनोदसिंह ठकुरी बुटवल, नारायणगढ, हेटौंडा रुट संयोजक, लक्ष्मण परियार बुटवल, बासगढी, ढोरपाटन, मेलढाप संयोक, बालकुमार यादव, बुटवल, बर्दघाट, शंकरपुर संयोजक, बिष्णुबहादुर खत्री बुटवल, चनौटा, कृष्णनगर र दाङ संयोजक, त्यस्तै केशव नेपाली बुटवल, चार नम्बर बनगाई संयोजक, शिवप्रसाद पाण्डे गोरुसिंगे, पथ्थरकोट, खुनवा, तौलिहवा संयोजक, धनबहादुर भलामी लामो दुरी संयोक, राजुकुमार लम्तरी बुटवल, हरैया, भैरवा संयोजक र सिद्दमान गिरी चार नम्बर, तौलहवा, पिपरा, अलिगढ रुट संयोजकमा निर्वाचित भएका छन् ।