यातायात व्यवसायीको लगानी जोखिममा
बुटवल यातायात प्रालिको पांचौं साधारण सभा र तेस्रो अधिवेशन सम्पन्न


बुटवल, बैशाख २५ गते । पेट्रोलियम पदार्थ तथा इन्धन मुल्यवृद्दि हुंदा यातायात व्यवसायीलाई थप चुनौती थपिएको सरोकारवालाहरुले बताएका छन् । आर्थिक मन्दी, सडकको दुरावस्थाले समस्या भोगिरहेको अवस्थामा यन्धनमा ह्वात्तै मुल्उवृद्दि हुंदा थप समस्या भोग्नु परेको यातायात व्यवसायीले गुनासो गरेका छन् ।

बुटवल यातायात प्रालिको शुक्रबार बुटवलमा सम्पन्न पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्ने यातायात व्यवसायीले नीजि क्षेत्रको लगानी र नीजि क्षेत्रको लगानीबाट चलेका पेशा, व्यवसाय संकटमा परेको उनीहरुको भनाइछ । धेरै चुनौहरुको सामाना गरेरपनि यातायात व्यवसायीले आमनागरिकलाई समयको माग अनुसारको सेवा दिएको बताए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि बुटवल यातायात प्रालिका पूर्व अध्यष डिलबहादुर थापाले यातायात व्यवसायीको लगानीको सुरक्षा गर्ने दायित्व राज्यको भउको बताए । हामी नीजि क्षेत्रका यातायात व्यवसायीले नागरिकलाई सेवा दिने हो, राज्यले लगानीको सुरक्षा र लगानीमैत्री बतावरण बनाइदिने राज्यको भएको अध्यक्ष थापाले बताए ।

हिजो सडकबाट दुख्खका साथ सञ्चालनमा ल्याएको अहिलेको बुटवल यातायात प्रालि अहिले आएर मजबुत हुंदै गएपछि खुशी लागेको बताउंदै अझै धेरै चुनौतीहरु सामना गरेर अगाडि बढ्नुको अर्को विकल्प नभएको उनले बताए ।
उक्त साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रालिका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यातायात क्षेत्र सुधारका लागि व्यबहारिक खालको दीर्घकालिन नीति ल्याउन राज्यसंग माग गरेका छन् । अध्यक्ष श्रेष्ठले आर्थिक मन्दी, इन्धन मूल्यवृद्धि तथा सडकको अवस्थालगायतका यातायात क्षेत्रका विभिन्न चुनौतीबीच पनि संस्थाले उल्लेखनीय प्रगति गरेको र गुणस्तरीय सेवा दिउको बताए ।
सेवामा गुणस्तर सुधार, यात्रुको विश्वास कायम राख्ने तथा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर काम गरिएको बताउँदै अध्यष श्रेष्ठले भने – बुटवल यातायात प्रा.लि.मा हाल साना–ठूला गरी ३७५ वटा सवारी साधन विभिन्न रुटमा सञ्चालनमा छन् । अहिले दैनिक रुपमा झण्डै ५ हजार यात्रुलाई सेवा दिइरहेका छौ ।
अध्यक्ष श्रेष्ठले संस्थाले आगामी दिनमा डिजिटल प्रणाली विस्तार, नयाँ सवारीसाधन थप, सेवा क्षेत्रमा विविधीकरण तथा वातावरणमैत्री यातायात प्रणालीलाई प्राथमिकतामा राखेको बताए ।
सार्वजनिक यातायात क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन व्यवसायी, सरकार र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउंदै कमजोर सडक पूर्वाधार, ट्राफिक व्यवस्थापन अभाव, दुर्घटनावृद्धि तथा वायु प्रदूषण यातायात क्षेत्रका मुख्य चुनौतीका रूपमा रहेकाले यि समस्याका विषयलाइ राज्य तहबाटै हल गर्नुपर्नेमा अध्यष श्रेष्ठको जोड छ ।
बुटवल यातायात प्रालिका प्रवन्धक÷सञ्चालक दीपकप्रसाद श्रेष्ठले विभिन्न नीतिगत निर्णय कार्यान्वयन गरिएको जानकारी गराए । दुर्घटना न्यूनीकरण, रुट व्यवस्थापन तथा सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम गरिएको प्रबनधक श्रेष्ठले बताए ।
उक्त कार्यक्रममा बुटवल यातायात प्रालिका बरिष्ठ उपाध्यक्ष अशोककुमा श्रेष्ठ, प्रालिका संस्थापक उपाध्यक्ष लक्ष्मण आचार्य क्षेत्री, शिखर इन्सुरेन्सका लुम्बिनी प्रमुख किरण काफ्ले, सनिको इन्सुरेन्सका लुम्बिनी प्रमुख विष्णुदिप नेपाल, लेखा परिक्षक मधुप्रसाद खनाल, लगायतले बोल्दै डिजिटल प्राणालीको विस्तार गरेर समयको माग अनुसार थप गुणस्तरीय सेवा दिन लागेको थाहा पाउंदा खुशी लागेको बताउंदै बुटवल यातायात प्रालिको सफलताले यातायात क्षेत्रले फड्को मार्ने बताए ।
साधारण सभामा संस्थागत विकासमा योगदान गरेका दिवंगत व्यवसायीलाई मरणोप्रयन्त, संस्थापक र उत्कृष्ट सेवा गर्ने कर्मचारी तथा व्यवसायीहरुलाई सम्मान गरिएको थियो ।
संस्थाले बुटवल, नयाँ बसपार्क काठमाडौं, गोलपार्क र हरैया शाखाबाट अनलाइन टिकट बुकिङ सेवा सञ्चालनमा ल्याएको छ । साथै पोखरा, नारायणघाट, नेपालगञ्ज, सुर्खेतलगायतका रुटमा सेवा विस्तार गर्ने र नयां ठाउंहरमा सेवा विस्तार गर्ने योजना बनाएको छ ।
करिव ३७५ वटा सवारी साधन सञ्चालनमा ल्याएको बुटवल यातायात प्रालिले दुर्घटनामा परेका सवारी साधनको क्षतिपूर्ति, मर्मत तथा उपचार खर्च बापत करिब १ करोड ८९ लाख ५९ हजार रुपैयाँ अनुमोदन गरिएको प्रबन्धक दिपकप्रसाद श्रेष्ठले जानकारी गराएका छन् ।
























