रुपन्देहीको सैनामैनामा पुल धसिदा समस्या


बुटवल, बैशाख २५ गते । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ अन्तरगर्ते पूर्व– पश्चिम राजमार्गको घमाह पुल जमिनमा धसिएको छ ।
एक छेउबांट पुल धसिएपछि अहिले आवतजावतमा समस्या भएको स्थानीय नरिश्वर न्यौपानेले बताए । बुटवल– गोरुसिङे सडक विस्तार गर्दा पुल धसिएको हो । केही दिन यतादेखि बैकल्पिक बाटो बनाएर सवारीका साधनहरु आवतजावत गराईएकोछ ।

ठूला गाडिको लागि समस्या भएको स्थानीयले बताएका छन् । सडक विस्तार गर्दा पुल धसिएपनि सहज रुपमा साना ठूला सबै प्रकारका सवारीका साधनहरु सहज रुपमा आवतजावत हुन सक्ने गरी बैकल्पिक बाटो बनाउ स्थानीयको माग छ ।
























