प्रधानमन्त्री जनताप्रति जिम्मेवार भएनन् – कांग्रेस

बुटवल, जेठ १४ गते । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह जनताप्रति जिम्मेवार नभएको बताएको छ ।

आज बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री जनताप्रति जबाफदेही र जिम्मेवार बन्न नसकेको निष्र्कष निकालेको हो ।
बैठकपछि गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने भन्ने विषयमा पार्टीको बैठकमा छलफल भएको प्रमुख सचेतक वासना थापाले बताइन्।

प्रधानमन्त्री संसदमा आउन नसक्ने भए आउन नसक्नुको कारण खुलाउनु पर्ने थियो, प्रधानमन्त्री संसदमा पनि नआउने र नआउनुको कारण पनि नखुलाउंदा जनताप्रति जिम्म्ेवार बन्न नसेकेको प्रष्ट रुपमा देखिएको कांगे्रसको भनाइ छ ।