ओली–लेखकमाथि अनुसन्धान जारी


काठमाण्डौ, जेठ १४ गते । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेतासमेत रहेका पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान जार िछ । गत भदौ २३ र २४ को घटनापछि प्रहरीको हिरासतमा पुगेका ओली र लेखक ।

१३ दिनको हिरासत बसाइपछि अदालतको आदेशअनुसार ओली–लेखक २६ चैतमा रिहा भएका थिए । त्यस यताका दिनहरूमा प्रहरीले क्लोज सर्किट क्यामेरा (सीसी क्यामेरा)का फुटेजहरूबाट प्रमाण संकलनको काम गरिरहेको बताएको छ ।
उनीहरुमाथि अनुसन्धान जारी राखिएको छ । ओली–लेखक हिरासत मुक्त भएपछि अनुसन्धान सकियो भन्ने बुझाइ गलत रहेको र अहिले पनि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले यो प्रकरणको अनुसन्धान जारी रहेको बताएका हुन् ।
प्रहरीका अनुसार अनुसन्धानलाई निरन्तरता दिंदै प्रमाण संकलनका कामहरू भइरहेको छ ।























