बुटवलको बजेट ३ अर्ब ८५ करोड


बुटवल, असार १० गते । समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर भन्ने नाासहित बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि कुल ३ अर्ब ८५ करोड रुपैयाँको बजेट ल्याएको छ ।

स्थानीय राजस्व बाँडफाँड अन्तर्गत विज्ञापन, मनोरञ्जन कर र दहतार बहत्तरको बिक्रीबाट रु. ७८ करोड ७७ लाख ७८ हजार ८ सय र आर्थिक वर्षको बचत (अल्या) रु. ४० करोड गरि कुल स्रोत गरी ३ अर्ब ८५ करोड रहने अनुमान गरिएको छ।
बुधबार उपप्रमुख सावित्रादेवी अर्यालले उपमहानगरपालिकाका उपप्रमुख नगर सभामा उक्त बजेट प्रस्तुत गरिन ।

बजेटमा कुल खर्चमध्ये चालुतर्फ ५२ प्रतिशत र पूँजीगततर्फ ४८ प्रतिशत रहने अनुमान गरिएको छ। प्रस्तावित बजेटको व्यय अनुमान अनुसार सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट संघीय समानीकरण अनुदानबापत रु. २९ करोड २२ लाख, ससर्त अनुदान (चालु) तर्फ रु. ५० करोड २५ लाख, ससर्त अनुदान (पूँजीगत) तर्फ रु. ७ करोड ४ लाख, विशेष अनुदान (पूँजीगत) तर्फ रु. ९० लाख र समपूरक अनुदान (पूँजीगत) तर्फ रु. २० लाख प्राप्त हुने अनुमान छ। यस्तै, प्रदेश सरकारबाट प्रदेश समानीकरण अनुदानबापत रु. २ करोड ३ लाख ६५ हजार, ससर्त अनुदान (चालु) तर्फ रु. ५६ लाख ५० हजार, ससर्त अनुदान (पूँजीगत) तर्फ रु. १ करोड ७३ लाख, समपूरक अनुदान (पूँजीगत) बापत रु. १ करोड ५० लाख र विशेष अनुदान (पूँजीगत) तर्फ रु. २० लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ।
राजस्व बाँडफाँडतर्फ संघीय सरकारबाट रु. १९ करोड ४३ लाख ८६ हजार र प्रदेश सरकारबाट रु. २ करोड ७५ लाख ६१ हजार प्राप्त हुने अनुमान छ। नगरको आन्तरिक स्रोत व्यवस्थापनतर्फ स्थानीय आन्तरिक स्रोतबापत रु. १ अर्ब ५० करोड ३८ लाख ५९ हजार २ सय संकलन हुने लक्ष्य छ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले बजेटमाथि रचनात्मक सुझावका लागि नगरवासीलाईै आग्रह गरेकी छन् ।























