माओवादी केन्द्रका नेता बञ्जाडेको निधन

बुटवल, मंसिर ८ ।
नेकपा माओवादी केन्का नेता रामप्रसाद बन्जाडे (टंकमणिको) सडक दुर्घटनामा परि निधन भएको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य बञ्जाडेको मंगलबार राती ९ बजेतिर बुटवलको जीतगढिमा सडक दुर्घटनामा परेका थिए ।
बुटवल बेलबास निवासी ५५ बर्षिय बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रु बाहक बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाईते नेता बञ्जाडेको उपचारको क्रममा बुधबार आज बिहान निधन भएको हो ।
मोटरसाइकल चालक पाल्पाका जीतबहादुर थापा भने सामान्य घाइते रहेको प्रहरीले बताएको छ । पूर्व अर्घाखांचीको भूमिकास्थान नगरपालिका धारापानी घर भएका बञ्जाडे केही वर्ष अघिदेखि बुटवलको बुलवासमा सपरिवारसहित बस्दै आएका थिए ।
माओवादी केन्द्रको केन्द्रिय सदस्यदेखि विभिन्न तहमा रहेर नेतृत्व गर्दै आएका थिए । स्व. बञ्जाडेको पार्थिवलाई बुटवलस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा राखी नेकपा माओवादी केन्द्रका नेता चन्द्रप्रका खनालले कम्युनिष्ट पार्टीको झण्डा ओडाई श्रदाञ्जली अर्पण गरेका छन् ।
उक्त श्रदाञ्जली सभामा नेकपा माओवादी केन्द्रका नेता डिलाराम आचार्य लगायतका नेताहरुले स्व. रामप्रसाद बञ्जाडे टंकमणिप्रति श्रदाञ्जली अर्पण गरेका थिए । स्व. बञ्जाडेको आजै बुटवलको स्थानीय मगरघाटमा अन्तिम दाहासंस्कार गरिने धारपानी रुपन्देही सम्पर्क समाजका निर्वतमान अध्यक्ष टानबहादुर केसीले नयांदिशा अनलाइलाइ जानकारी गराएका छन् ।

स्व. रामप्रसाद बञ्जाडे टंक मणिको श्रीमती र एक छोरा एक छोरी छन् । हक्की स्वभावका नेता बञ्जाडेले नेकपा मसालबाट राजनीतिक यात्रामा लागेका थिए । बञ्जाडे तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्वमा प्रतिवद्व भएर लागेका थिए ।
तत्कालिन जनयुद्व सफल पार्ने अभियानमा जस्तोसुकै मोडमा पनि सक्रिय भूमिका खेलेको उनका सहयात्री बताउनछन् । मनुसन मिडिया परिवारले रामप्रसाद बञ्जाडेको निधनप्रति हार्दिक श्रदाञ्जली र घरपरिवामा समवेदना व्यक्त गरेको छ ।