वनको जग्गा हडप्न खोज्ने गिरोह असफल

बुटवल, मंसिर २८ । रुपन्देहीको शंकरनगर सामूदायिक वनको जग्गा कब्जा गर्ने भूमाफियाको योजना असफल भएको छ। नक्कली लालपूर्जा बनाएर वनको जग्गा व्याक्तिको नाममा गराउने भूमाफियाको गिरोहलाई अदालतले असफल बनाई दिएको हो।
२६ वर्ष पहिलेदेखि व्यक्तिले दावी गर्दै आएको शंकरनगर सामुदायिक वनको ८२ बिघा जग्गा अदालतले वनकै भएको फैसला गरेपछि भूमाफियाको योजना असफल भएको हो।वनको पक्षमा अदालतले फैसला गरेपछि शंकरनगर सामूदायिक वन उपभोक्ता समूह र वनका उपभोक्ता समूहले अदालतको फैसलालाई स्वागत गर्दै गरेको छ ।
लामो समय मुद्वालडेपनि अदालतले वनको पक्षमा निर्णय गरेपछि आमउपभोक्ता खुशीभएको बताउछन्उपभोत्तता तारापति ज्ञवाली। भूमाफियाले हडप्न लागेको वनको नाममा दर्ता भएको जग्गा अदालतले वनकै हो भनेर फैसला गर्दिएपछि वनलाई हराभरा बनाउने गरी कार्यक्रम गरिने शंकरनगर सामूदायिक वनका अध्यक्ष रविन्द्र वस्नको भनाइ छ ।अदालतको निर्णय आम नागरिकको हितमा भएकाले अब अक्सिजन उत्पादन हुने गरी कार्यक्रम गरिने र उपभोक्ताई काठ, दाउरा र घास उपलब्द गराइने अध्यक्ष वस्नेतले बताए।
वनकोे ५ सय ३ हेक्टर क्षेत्रफलमध्ये ८२ बिघा १४ कठ्ठा १० धुर जग्गा हडप्नका लागि ७२ जनाको नाममा नक्कली लालपूर्जा बनाई भूमाफियाको गिरोहले हडप्ने प्रयास गरेको थियो। सर्वाेच्च अदालतले पछिल्लोपटक २०७६ सालमा दुबै पक्षको रोहबरमा विवादित जग्गाको नक्सांकन र नापजांचको काम गर्न पुनरावेदन अदालतलाई आदेश दिएपछि सोही अनुसार गत मंसिर १२ गते जग्गाको पुनः नक्सांकनसमेत भएको थियो। पुनःनक्सांकन र नापजांच हुंदा उक्त जग्गामा कुनै आवादी नभएको, तिरोभरो नचलेको, ७२ जनाको नाममा दर्ता भएको प्रमाण नपुगेको भन्दै अदालतले सामुदायिक वनको पक्षमा फैसला गरेको हो। उच्चअदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीश अच्युतप्रसाद भण्डारी र सुदर्शनदेव भट्टको संयुक्त इजलासले विवादित जग्गा वन क्षेत्रकै भएको अन्तिम फैसला गरेको थियो ।उक्त मुद्दामा सामुदायिक वनको तर्फबाट सरकारी वकिल कार्यालय बुटवलका प्रमुख मोहनसागर बस्याल, वरिष्ठ अधिवक्ताहरु कमलराज जोशी, गोपाल पाण्डे, अधिवक्ताहरु खुमकान्त पौडेल र लेखनाथ ढकालले बहस गरेका थिए।विपक्षी स्व. नारायणप्रसाद सापकोटाको तर्फबाट अधिवक्ता गोकर्णसिंह थापाले वहस गरेका थिए।