इन्धनको संकटप्रति बुटवल उवासंघको चिन्ता


बुटवल, चैत ३ गते । मध्यपूर्वमा भएको द्वन्द्वका कारण इन्धन आपूर्तिमा परेको असर नेपालमा देखिन थालेकोप्रति बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले चिन्ता व्यक्त गरेको छ ।

नेपाल जस्तो आयातमा निर्भर अर्थतन्त्रमा बाह्य परिस्थितिको प्रभावले इन्धन आपूर्ति, मूल्य स्थिरता तथा समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष असर पार्न थालेको उल्लेख गर्दै संघले पछिल्ला केही दिनयता बुटवलसहित देशका विभिन्न स्थानमा इन्धन आपूर्तिमा समस्या देखिन थालेपछि संघले चिन्ता गरेको हो ।
संघले मंगलबार प्रेस विज्ञप्ती निकालेर इन्धन आपूर्तिमा आएको असहजताले यातायात, उद्योग, व्यापार तथा दैनिक जनजीवनमा नकारात्मक प्रभाव पर्ने बताएको छ । संघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले विज्ञप्ती मार्फत सम्बन्धित निकायलाइ इन्धन आपूर्ति व्यवस्थापनलाई थप सुदृढ बनान माग गरेका छन् ।

समन्वय, अनुगमन र नियन्त्रणका उपाय अवलम्बन गर्न विज्ञप्ती मार्फत आग्रह गदैृ इन्धन व्यवसायीलाई कृत्रिम अभाव सिर्जना नगर्न र निर्धारण गरिएको मापदण्ड, मूल्य तथा गुणस्तर कायम गर्न सुझाव दिईएको छ ।
आमउपभोक्तालाई पनि अनावश्यक सञ्चिति नगर्न, आवश्यक मात्रामा इन्धन प्रयोग गर्न र सम्भव भएसम्म वैकल्पिक ऊर्जातर्फ उन्मुख हुन आग्रह बुटवल उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।
अहिलेको विषम परिस्थितिमा सम्बन्धित पक्षहरूसँग सहकार्य गर्दै इन्धन आपूर्ति तथा वितरण प्रणालीलाई सहज बनाउन आवश्यक सहयोग, सहजीकरण र अनुगमनमा सक्रिय भूमिका निर्वाह गर्ने संघले विज्ञप्ती मार्फत प्रतिबद्धता जाहेर गरेको छ ।






















