ग्यांसको कृतिम अभावप्रति उपभोक्ता चिन्तामा

बुटवल, चैत ३ गते । खाना पकाउने ग्यांसको कृतिक अभाव सिर्जना भएपछि आम उपभोक्ता चिन्तित बन्न थालेका छन् । आर्थिक मन्दीका कारण समस्यामा परेका नागरिक ग्यासको कृतिक अभाव हुन थालेपछि झनै समस्यामा परेका छन् ।

देशका विभिन्न जिल्लामा खाना पकाउने ग्यासको कृति अभाव भएको अवस्थामा रुपन्देहीमा पनि ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको गरिएकोछ । भएको ग्यास पनि महंगोमा बेच्नका लागि प्यवसायीहरुले लुकाएर राख्दा झनै समस्य उत्पन्न भएको हो ।

रुपन्देहीमा खाना पकाउने ग्यांसको कृतिक अभाव सिर्जना भएपछि बुटवल र सैनामैनाका नगरपालिकाका १५ वटा ग्यास डिलरमा अनुगमन गर्दा लुकाएर राखिएका ५ सय बढी ग्यास सिलिन्डर फेला पारिएकोछ ।

इलाका प्रशासन कार्यालय बुटवलका नासु रामप्रसाद शर्माले दिएको जानकारी अनुसार केही व्यवसायीले ग्यास लुकाएर राखेको अनुगमनको क्रममा भेटिएको छ ।

अनुगमनका क्रममा सैनामैनाको एक डिलरले निर्धारित मूल्यभन्दा करिब ३ रुपैयाँ बढीमा ग्यास बिक्री गरेको पाइएको छ। एपभोक्ताबाट बढ िलिएको रकम फिर्ता गराइएको र सम्बन्धित डिलरलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिएको अनुगमन टोलिले बताएको छ ।

ग्यास बिक्रेता संघ रुपन्देहीका अध्यक्ष प्रदिप पन्थले रुपन्देहीमा आवश्यक तथा माग अनुसार ग्यास आपूर्ति भइरहेको र ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारवाही गर्न सम्बन्धित निकायले आग्रह गरेका छन् ।