समृद्धिका लागि सहकारी आन्दोलन अनिवार्य – प्रदेश प्रमुख

बुटवल,२०पुस। लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले सहकारी आन्दोलनलाई देशको समृद्धिसंग जोड्नु पर्ने बताएका छन् । देशको समृद्विका लागि सहकारी आन्दोलन अपरिहार्य र अनिवार्य भएको प्रदेश प्रमुख शेरचनको भनाइ छ।
रुपन्देहीको बुटवलमा मंगलबार आयोजित राष्ट्रिय सहकारी बैंक लिमिटेड अन्तर्गत लुम्बिनी प्रदेश एकाइको १८ औ बार्षिक साधार सभा उद्घाटन कार्यक्रममा बोल्दै सहकारीको सहभागिता बिना मुलुकको समृद्धि सम्भव नहुने बताए । असमृद्धिका लागि सहकारी आन्दोलन अपरिहार्य र अनिवार्य जस्तै भएको प्रदेश प्रमुख अमिक शेरचनको तर्क छ।
नेपालको संबिधानलेनै सहकार्यको परिकल्पना गरेको भन्दै उनले मुलुकको समृद्धिका लागि सहकारीहरुको सहभागिता र सबैको सहकार्य जरुरी रहेको बताए ।सहकारीहरुले बचत र कर्जा प्रवाह गरेर नाफा कमाउने मात्रै नभएर स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुमा लगानी बढाउन आग्रह गरे।
उनले बुटवल धागो कारखाना जस्ता बन्द रहेका उद्योग पुनः सञ्चालनका लागि अग्रसरता लिन सहकारी अभियान्ताहरुलाई सुझाव दिए।मुलुकभर १४ हजार ५ सय बढी सहकारी संस्थाहरु आवद्ध रहेको बैंकको लुम्बिनी प्रदेश स्तरीय साधारणसभामा बिभिन्न जिल्लाहरुबाट १ हजार ६१२ वटा सहकारी संस्थाहरु सदस्य रहेका छन्।
का प्रतिनिधिहरुको सहभागीता रहने राष्ट्रिय सहकारी बैंक बुटवल शाखाका प्रबन्धक नारायण बेलबासेले जानकारी दिए। एकाईगत रुपमा साधारणसभा गर्ने बैंकको नीति अनुसार लुम्बिनी प्रदेशको साधारणसभा मंगलबार बुटवलमा भएको हो।
लुम्बिनीसँगै पुस २५ गतेसम्म बाँकी एकाईहरुको साधारणसभा सम्पन्न गरी छनोट भएका एकाई प्रतिनिधिहरुको सहभातिामा पुस ३० गते काठमाण्डौंमा केन्द्रिय साधारणसभा सम्पन्न हुने बैंकले जानकारी गराएको छ ।