बुटवललाई सम्वृद्दिको शहर बनाउने लक्ष्य छ – खेलराज
बुटवल उपमहानगरले मनाउने ६७ औं स्थापना दिवस मनाउंदै


बुटवल, फागुन ३ गते । देशभरका ११ वटा उपमहानगरपालिका मध्ये बुटवल उपमहानगरपालिका कार्यसम्पादन मुल्याकंनमा सबैले भन्दा उत्कृष्ट अंक ल्याउन सिफल भएको छ । कार्यसम्पादन मुल्याकंनको नतिजा अनुसार ६४ दशमलव ४४ अंक प्राप्त गरेर बुटवल उपमहानगरपालिका पहिलो भएको हो ।

६७ औ.स्थापना दिवसको पूर्वसन्ध्यामा कामको आधारमा बुटवल उपमहानगरपालिका उत्कृष्ट भएको हो । बुटवल उपमहानगरपालिकाले भोली फागुन ३ गते आइतबार ६७ औ. स्थापना दिवस मनाउंदै छ ।
विभिन्न रचनात्मक कार्यक्रमसहित आफ्नो स्थापना दिवस मनाउन लागेको पूर्वसनध्यामा शनिबार पत्रकार सम्मेलन गरी बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवललाई आर्थिक र सांस्कृतिक शहर बनाउन सकिने सोही अनुसार आफुले काम गरेको बताएका छन् । उपमहानगरलाई कामले उत्कृष्ट बनाउनमा सबै जनप्रतिनिधि, सबै कर्मचारी र बुटवलवासीको हात रहेको प्रमुख खेलराज पाण्डेले बताए । 
बुटवललाई सम्वृद्दिको शहर बनाउने मेरो लक्ष्य रहेको बताउंदै प्रमुख पाण्डेले भने बुटवललाई आर्थिक र सांस्कृतिक केन्द्रको बजारको रुपमा विकास गर्न सकिन्छ म त्यसमा लागि परेको छु । सबैको साथ सहयोग र रचनात्मक सुझाव चाहिउको छ । कार्यक्रम म ल्याउंछु ।

उनले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गरेकै कारण सफलता मिलेको बताउंदै रोजगारी, मानवीय संसाधनको क्षेत्रलाई अधm बलियो बनाउने प्रतिवद्दता जनाए । प्रमुख पाण्डेले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सहकारी, पशुपंक्षी, सरसफाई, फोहोरमैला, खेलकुंद, सञ्चार, उद्योग क्षेत्र र विकास निर्माणदेखि सबै क्षेत्रको विकास गरेर बुटवललाई हाम्रो र राम्रो शहर बनाउने लक्ष्य रहेको बताए ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले हरेक क्षेत्रबाट लामो ईतिहांस बोकेको बुटवलको विकासले समग्र देशको विकासमा सहयोग पुग्ने बताइन । उनले मानवीय, भौतिक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुंद, महिला सशक्तिकरण लगायतका सबै क्षेत्रमा नतिजा देखिने गरी काम गरिएको बताइन ।
उपमेयर अर्यालले अझै कामले पूर्णता नपाएकाले नगर क्षेत्रका विकास निर्माणदेखि सबै कामहरु गर्नेगरी योजना बनाएर काम गरिने बताउंदै उनले प्रतिवद्दता जनाइन कामको आधारमा अर्को वर्ष पनि उत्कृष्ट नतिजा ल्याउने छौ ।
बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख मित्रमणी खनाल र महाशाखा प्रमुख तुल्सा अर्यालको सञ्चालनमा पत्रकार सम्मेलन गरी उपमहानगरका गतिविधिबारे जानकारी गराईएको हो ।
फागुन ३ गते आइतबार बुटवल उपमहानगरले मनाउने ६७ औं स्थापना दिवस मनाउंदै छ । स्थापना दिवस कार्यक्रममा एक वर्षमा भए गरेका कामहरु सार्वजनिक गर्ने उपमहानगरपालिकाले बताएको छ ।
राष्ट्यि प्राकृतिक श्रोत तथा वित्त आयोगले यस वर्षको स्थानीय तह र प्रदेश सरकारको कार्यसम्पादनन मुल्याकंन प्रतिवेदन सार्वजनि गरेर बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट भएको घोषणा गरेको हो ।























