बुटवल उपमहानगरले मनायो औं स्थापना दिवस
बुटवल उपमहानगरले एक वर्षमा भएका काम सार्वजनिक गर्यो


बुटवल, फागुन ३ गते । बुटवल उपमहानगरपालिकाले ६७ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आएको उपमहानगरले आइतबार आफ्नै कार्यालय परिसरमा स्थापना दिवस मनाएको हो ।
निर्वाचन आचारसहिंताका कारण कार्यालयमै कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो । स्थापना दिवसको मूल समारोहमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले एक वर्षमा भएका कामहरुको बारेमा जानकारी गराएका छन् ।
बुटवललाई आर्थिक र सांस्कृतिक शहर बनाउने योजनासहित काम गरिएकाले देशभरका ११ वटा उपमहानगरपालिका मध्ये बुटवललाई कार्यसम्पादन मुल्याकंनमा सबै भन्दा राम्रो बनाउन सकिएको बताए ।
सबै जनप्रतिनिधि, सबै कर्मचारी र बुटवलवासीको परुर्णसाथ सहयोगले कार्यसम्पादनमा पहिलो बन्न सकिएको बताउंदै बुटवललाई उज्यालो र सबै प्रकारको अभावमुक्त शहर बनाउनका लागि सबैको साथसहयोग चाहिने बताए । देशको मध्ये भागमा रहेको बुटवल आर्थिक केन्द्रको रुपमा विकास गरेर सम्वृद्दिको शहर बनाउने गरी आफुहरुले योजनाका साथ काम गरिरहेको बताए ।
प्रमुख पाण्डेले पाण्डेले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सहकारी, पशुपंक्षी, सरसफाई, फोहोरमैला, खेलकुंद, सञ्चार, उद्योग क्षेत्र र विकास निर्माणमा बुटवललाई अरु स्थानीय तहभन्दा बलियो बनाउने प्रतिवद्दता जनाए । बुटवलको सबै भन्दा समस्याको विषय बनेको ज्योतिनगरको पहिरो व्यवस्थापन, खानेपानी, सडक, अमरपथ डुवान, सुकुम्वासी समस्या, छाडा चौपांया व्यवस्थापन, बांदर, निलगाई समस्या निराकरणमा काम भएको बताए ।
त्यस्तै मोतिपुर औद्यागिक क्षेत्र समेलार कृषि व्यवसायीक क्षेत्र, बदेलपोखरी स्ठेडियम, बधशाला निर्माण, आम्दा अस्पताल व्यवस्थित रुपमा सञ्चालनका लागि मुख्य समस्या थिए अहिले केही सफलता मिलेको र यि सबै समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिवद्दता जाहेर गरे ।
नगर प्रमुख खेलराज पाण्डेले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, महिला बालवालिका तथा समावेशीकरण, श्रम तथा रोजगार प्रवद्र्दन, पशुपंक्षी, खेलकुंद, सहकारी, सूचना प्रविधि, प्रशासन, न्यायिक, पञ्जीकरण, भूमि व्यवस्थापन, अनुगमन तथा मुल्याकंन, आन्तरिक राजश्व, वित्तिय व्यवस्थापन लगायतका क्षेत्रमा एक वर्षमा भएका काम तथा सफलताबारे सार्वजनिक गरेका छन् ।
उपमहानगर प्रमुख पाण्डेले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडबाट ठूलो भौतिक क्षती हुनुका साथै आन्तरिक रुपमा समान तथा कम्युटर, कागजपत्र जलेकाले काम गर्न समस्या भएको बताउंदै आगजनी, तोडफोडमा संलग्न व्यक्तिलाई चिनेको भए सूचना दिन आग्रह गर्दै त्यस्ता सूचना गोप्य राखिने नगरवासीलाई आग्रह गरेका छन् ।
स्वागत मन्तव्य राख्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले समग्र देशको विकासमा सहयोग पुग्ने गरी बुटवल उपमहानगरपालिकाले काम गरेको बताइन । 

उनले मानवीय, भौतिक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुंद, महिला सशक्तिकरण लगायतका सबै क्षेत्रमा नतिजा देखिने गरी काम भएको दावी गरिन् । उपप्रमुख अर्यालले अझै कामले पूर्णता नपाएकाले सबै क्षेत्रका सबै कामलाई देखिने गरी १४ महिनाको अबधीमा काम गरेर नगरवासीलाई देखाउने बताइन ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन वझा, पश्चिम नेपाल वसव्यवस्यी प्रालिका अध्यक्ष दधिराम खरेल लगायतले बोल्दै बुटवलको विकासमा सबैले साथ सहयोग दिनुपर्नेमा जोड दिए ।
उपमहानगर प्रमुख खेलराज पाण्डेको अध्यक्षता र ठगिश्वर पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।
बुटवल उपमहानगरपालिकाको एक वर्षको कामको गतिविधि
हाम्रा अग्रजहरु र पुर्खाले सम्हालेर राखेको पुरानो बटौली–खस्यौली, हालको बुटवल उपमहानगरपालिकाको ६७ औं स्थापना दिवसको यस महत्वपूर्ण र ऐतिहासिक क्षणमा हामी पुगेका छौँ। यो अवसरमा बुटवल निर्माणमा इतिहासको कालखण्डमा आ–आफ्नो भूमिका निर्वाह गर्नुहुने सबैप्रति स्मरण गर्दै सम्मान व्यक्त गर्दछु। स्थापना कालभन्दा अगाडि नगरपालिका नबन्दासम्मनगरपालिका बनाउन भूमिका निर्वाह गर्नुहुने अग्रजहरुको भूमिका हामीले भुल्नु हुँदैन, उक्त समयमा व्यवसाय सञ्चालन गर्न बजार गुल्जार गराउन र त्यसको व्यवस्थापन गर्न कति कठिन थियो होला? पहाडबाट घिउ बेच्न आउने र यहाँबाट कपडा, नुन र तेललगायत अन्य वस्तुहरू खरिद गरेर लैजाने, पहाड र तराईको मुख्य नाका र संगम स्थल पूर्व–पश्चिमको मुख्य बिन्दु भौगोलिक कारणले पनि बुटवल महत्वपूर्ण केन्द्रको रुपमा रहेको थियो।
पाल्पाली सेनवंशीय राजाको गृष्मकालीन दरबार रहेको हालको फूलबारी, विक्रम संवत् १८७२ (आजभन्दा करिब २१० वर्षअगाडि) नेपाल अंग्रेज युद्धमा अंग्रेज सेनालाई परास्त गरेर देशको सीमा जोगाएको जितगढी किल्ला, आदि मानव रामापिथेकसको बङ्गारा प्राप्त पाल्पाको क्षेत्रसँग जोडिएको स्थान, झण्डै २७३ वर्ष अगाडि स्वामी नारायण गुरु बुटवलको फुलबारीमा आएर बस्नुभएको इतिहास बाघ भैरवको मूर्ति ल्याई पाल्पाली सेनवंशीय राजाहरूले बाघ भैरब स्थापना गरेको ठाउँ, २१८ वर्षअगाडि पाल्पाली फौजदार मणिभद्र मास्केले स्थापना गरेको श्री ७ मननारायण मन्दिर रहेको ठाउँ, ऐतिहासिक गणेश मन्दिर, पुरानो पद्मचैत्य विहार तथा मस्जिद, यस क्षेत्रकै पुरानो बुटवल मा.वि. १०८ वर्षभन्दा पुरानो हलुवाई मिठाई पसल, ऐतिहासिक निम चोक लगायत इतिहास सम्झिने धेरै भन्दा धेरै तथ्यहरु बुटवल–१ मा मात्र रहेका छन्। बुटवलको ऐतिहासिक जितगढी किल्ला, प्रशिद्ध सहस्रधारा र बुटवल–नुवाकोट पैदल सडक भित्र हाम्रो गर्विलो इतिहास लुकेको पाइन्छ।
विक्रम संम्बत २०१६ सालमा मुन्नीलाल शाक्य अध्यक्ष भई बुटवल नगरपालिका घोषणा हुँदा तत्कालीन अवस्थामा हामी कति गौरव गर्ने क्षणमा थियौ होलायसको एक पटक कल्पना गरौ त ! हाम्रा अग्रजहरुले त्यो विषय कसरी सम्भव गराउनुभएको थियो होला? ती पुराना र ऐतिहासिक तथ्यहरु आज किम्बदन्ति जस्ता भएका छन्। बुटवलको पुरानो ईतिहास हेर्दा बुटवल पौरखी हातहरुबाट निर्माण भएको भन्ने प्रष्ट हुन्छ। त्यसैले बुटवललाई बुझ्नेहरूले यसलाई कर्मविरहरुको शहर पनि भन्दछन्। त्यसै कारण बुटवल हरेक क्षेत्रमा असीमित सम्भावना रहेको शहरको रुपमा विगतदेखि आफ्नो पहिचान गराउँदै आएको छ। यस्तो ऐतिहासिक तथ्य रहेको वर्तमान अवस्थामा शिक्षा रस्वास्थ्य, यातायात, व्यापार, उद्योग र पर्यटनका प्रशस्त सम्भावना रहेको रआशालाग्दो सहर नैबुटवल हो।
विभिन्न समयमा विभिन्न जनप्रतिनिधिहरुको आ–आफ्नै खालको पहिचान हुनेगरी काम गरेको इतिहास हाम्रा बीचमा रहेको छ। स्थापनाकालका मुन्नीलाल शाक्य देखि ओम शंकर जोशी हुँदै बहुदलको प्राप्तिपछि आधुनिक बुटवलको निर्माता स्व. सूर्यप्रसाद प्रधान, भू.पु नगर प्रमुखज्यूहरु तथा निवर्तमान नगर प्रमुख साथै सबैजना पूर्व जनप्रतिनिधिहरुको योगदानलाई सम्मानका साथ स्मरण गर्दछु। उहाँहरू सबैको प्रयत्न बुटवललाई राम्रो शहर बनाउने समयानुकूलको प्रयत्नलाई हामी कसैले भुल्न हुँदैन। यसका साथसाथै बुटवल उपमहानगरपालिका हुनुपूर्व सेमलार र मोतिपुरका जनप्रतिनिधिहरुलाई हामीले बिस्र्यौ, सम्मान व्यक्त गरेनौ भने बुटवलको इतिहास अधुरो हुन जानेछ।
उहाँहरुप्रति सम्मान ब्यक्त गर्दै बुटवललाई उपमहानगरपालिका बनाउनउहाँहरुले गर्नुभएको योगदानको उच्च मूल्यांकन र प्रसंशा गर्दछु।
मलाई सानोमा लाग्थ्यो – हाम्रो बाउबाजे ठूलो भारी बोकेर घिउ बेच्न जाने र घरको आवश्यकता अनुसारको मट्टितेल, कपडा, नुन, तमाखु, मिश्री लगायतका वस्तुहरु किनेर अझ ठुलो भारी लिएर फर्कने कथामा सुनेको बुटवल अझ उहाँहरुले औलो लागेर हैजा लागेर कतिपयलाई बाटोमै छोडेर आएको कथा सुनेको बुटवल, आज आफै जनप्रतिनिधित्यसमा पनि नगर प्रमुख भएर यहाको जिम्मेवारी लिने अवसर प्राप्त भएको छ।
बुटवलका बारेमा सम्पूर्ण शक्ति विवेक र सामथ्र्य लगाएर देशकै फरक सहर भएको अवस्था निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको छ ।आजको महत्वपूर्ण अवसरमा यहाँका धेरै बुवाआमा, दाजुभाई, दिदीबहिनीहरुले अचम्मको विश्वास र भरोसा राखेर मलाई बुटवलको नगर प्रमुख पदमा निर्वाचित गराउनु भएको बिषय मेरो जीवनभरिका लागि साँच्चिकै महत्वपूर्ण विषय हो। यसका लागि जो–जसले जहाँजहाँबाट निर्णयमा सहयोग गर्नुभयो, निर्वाचनमा सहयोग गर्नुभयो यसका लागि सबैप्रति नतमस्तक हुँदै आदर भावका साथ सम्मान व्यक्त गर्दछु। यसैगरी उपप्रमुख तथा निर्वाचित जनप्रतिनिधिज्युहरुको तर्फबाट पनि धन्यवाद र आभार प्रकट गर्दछु। हामीलाई इतिहासले एउटा सुवर्ण मौका दिएको छ, यो क्षणमा बुटवलमा सुशासन कायम गरेर बुटवलबासीले हामीप्रति आशा र भरोसा राखेर दिएको विश्वासलाई कसरी यथार्थमा बदल्ने र जनताको भरोसा सांच्चीकै जोगाइराख्ने, मलाई बेला बेलामा डर पनि लाग्दछ, कतै मैले जनचाहना अनुरुप काम गर्न सके वा सकिन भनेर म सधैँ निर्वाचनमा कबुल गरेका विषयहरु, समाजले आशा गरेका विषयहरु कसरी पूरा गर्ने होला भनेर निरन्तर चिन्तामा रहेको हुन्छु,प्रयत्न गरिरहेको हुन्छु। तसर्थ मैले कति गर्न सके? हामीले कति गर्न सक्यौ? यि सबै विषयमा सदैव आत्मसमीक्षा गरिरहेको हुन्छु।
हामी निर्वाचित भएर आउँदा ज्योतिनगर पहिरो ठूलो जोखिममा थियो।तहाँका स्थानीय बासिन्दाहरु अत्यन्त ठुलो तनावमा हुनुहुन्थ्यो, मुख्य सडक धुलाम्मे र हिलाम्मे थियो, अमरपथ डुबानमा थियो, सुकुम्बासी र अव्यस्थित बसोबासीको समस्या निर्वाचनमा मात्र उठाउने विषय भएको थियो, छाडा चौपया, बाँदरको समस्या र नीलगाईको समस्या डरलाग्दो अवस्थामा रहेको थियो। मोतिपुर औद्योगिक क्षेत्र, सेमलार कृषि व्यावसायिक क्षेत्र, बदेल पोखरी स्टेडियम, बुटवल–११ खुलामञ्च यी सबै गफ गर्ने विषयहरू मात्र थियो। बधशाला निर्माण भएर कसरी सञ्चालन गर्ने भन्ने बाटो स्पस्ट थिएनक्ष् यी चुनौती हाम्रा सामु मुख्य थिए। आम्दा (सिद्धार्थ बाल तथा महिला) अस्पताल अगाडि बढ्न सकेको थिएन।
हामी निर्वाचित हुने बित्तिकै पहिलो प्रयत्न ज्योतिनगर पहिरोबाट जनतालाई बचाउने र जनताको सम्पत्ति जोगाउने प्रतिबद्धताका साथ लाग्यौँ– यसमा केही सफलता मिलेको छ।
मुख्य सडकको लाईट १५ वर्षलाई ठेक्कामा दिएर बढी वाटको लाइट राख्न नपाउने गरी सम्झौता गरिएको कारण मुख्य शहर नै अँध्यारो देखिन्थ्यो। हामीले उज्यालो बुटवलको धारणा ल्यायौ र हाइमास्ट जडान अभियान सुरुगर्यौ। आज उज्यालो बुटवलको महशुस सबैले गर्नुभएको छ।
टोलटोलमा लाइटको रकम नतिरेर अँध्यारो टोल भएको थियो। विद्युत कार्यालयलाई साढे ११ करोड तिर्न बाँकी थियो जताततै विद्युतीय लाईट कटौती भई समस्या सुरु भएको थियो। हामीले हरेक वडालाई बत्तीको रकमको व्यवस्था गर्यौ। अहिले यो समस्या समाधान भएको छ।
शिक्षामा हाम्रो अडिट रिपोर्ट हेर्नुभयो भने आ.व.०८१÷८२,१ वर्षका लागिमात्र ३४ करोड रकम विद्यालयहरूलाई उपलब्ध गराएका छौं। यो रकम साँच्चिकै शिक्षामा बुटवलको दह्रो प्रतिबद्धता हो भनेर सन्देश दिने गरी प्रयत्न भएको छ।आज छोरी पढाउ, समाज बनाउ कार्यक्रम मार्फत बुटवलको द्यत्क्ष् मा ४० जना छोरीहरु निःशुल्क पढ्न पाएका छन, यो हामीले गौरव गर्ने विषय हो। यसको सबै खर्च बुटवल उपमहानगरपालिकाबाट व्यहोरिएकोछ। हाम्रो आधारभूत विद्यालयलाई हेर्ने दृष्टिकोण पहिला ठिक थिएन, हामी निर्वाचित भएपछि आधारभूत विद्यालय हेर्ने दृष्टिकोणमा परिवर्तन ल्यायौ, आवश्यक कक्षाकोठा, कम्प्युटर सुविधा, डेस्क–बेन्च विद्यार्थीहरुका लागि कापी किताब, ड्रेस सबैको व्यवस्था गरी अहिले आधारभूत विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारीहरुको मनोबल बढाउने र आधारभूत विद्यालयमा विद्यार्थी बढाउने काम भएको छ। निजी विद्यालयहरुको राम्रो अवस्थाका कारण यस वर्ष कक्षा ११ मा ३४४ जना विद्यार्थीहरुलाई निःशुल्क पढाउन छात्रवृत्ति प्रदान गर्न सकेका छौँ।द्यत्क्ष्मा ब्याचलर्स र डिग्री कलेज स्थापना गरि बुटवलउपमहानगरपालिकाको मातहतमा ल्याउन सबै प्रयास र निर्णय गरेर पत्राचार गरेका छौं। बुटवलको आम्दा अस्पतालमा एऋी नर्सिङ, ज्ब्, फर्मेसीको डिप्लोमा तहको अध्ययन शुरु गरेर प्यारामेडिकल अध्ययनका लागि काम गरेका छौं ।कोइकालाई बुटवलको गहनाको रुपमा सञ्चालन गर्न आवश्यक प्रयासहरू र सहयोग गरेका छौं ।
बुटवलका निजी र सरकारी विद्यालयहरुले समयअनुसारको विषय थप गरी पढाउन इच्छुक रहेको अवस्थामा तत्कालै निर्णय गरी स्वीकृति दिएका छौं। शिक्षाको क्षेत्रमा काम गर्दा अर्कै आनन्द आउँछ । शिक्षाबुटवल बासीको लागि मात्र होइन बुटवलप्रति आशा र भरोसा गर्ने सबैका लागि विश्वासिलो र भरपर्दो विषय हो।समयानुकुल शिक्षालाईपरिमार्जन गर्न लागि परेका छौं, कसैकापनि छोराछोरीले विद्यालय जान सकिन, कापी किताब र ड्रेस भएन भन्नेचिन्ता लिन नपरोस भनेर हामीले समस्या समाधान हुने गरी काम गरेका छौं ।
स्वास्थ्य क्षेत्रमा छुट्टै पीडा छ, दैनिकजसो ४–५ जना क्यान्सर, किड्नी फेल लगायतका दीर्घ रोगीको सिफारिस लिएर आउनु हुन्छ, स्वास्थ्य पनि सकियो, सम्पत्ति पनि सकियो भनेर भन्दा र कहिलेकाही मानिसको वेदना सुन्दा आँसु आउँछ , हामीले नसर्ने दीर्घ रोगका सम्बन्धमा धेरै गर्नसक्ने अवस्था छैन, तर पनि सङ्घीय सरकार, प्रदेश सरकारबाट प्राप्त रकम र हामीले दिने केही रकम मात्र दिन सम्भव छ । यसबाट उहाँहरुको समस्या खासै समाधान त हुँदैन तर सम्बोधन चाहि हुन्छ । स्वास्थ्य क्षेत्रमा बुटवलबासीलाई न्यूनतम स्वास्थ्य सेवा उपलब्ध गराउन हाल १८ वटा शहरी स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ , यसबाट बुटवलवासीले स्वास्थ्य क्षेत्रमा धेरै सहयोग पाउनुभएको छ । बाआमासँग नगरप्रमुख कार्यक्रम सञ्चालन गरेर बुटवलका ज्येष्ठ नागरिक,(बा–आमालाई) वर्षमा ३ पटक स्वास्थ्य चेकजाँच गर्ने गरी कानुन निर्माण गरी व्यवस्था मिलाइएको छ । अब थप उहाँहरुको निःशुल्क ल्याब टेस्ट र थेरापी गर्नेगरी व्यवस्था गरिँदै छ, महिला र बालबालिकाका लागि बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र उद्योग वाणिज्य संघको पहलमा १०० वेडको आम्दा अस्पताल सञ्चालन गरिएको छ ।
अब यस अस्पताललाई थप २०० बेडको विशिष्टीकृत सेवा थप गरी ३०० बेडको अस्पताल बनाउने र प्यारामेडिकल अध्ययन केन्द्र बनाउने काम अघि बढाउँदैछ । लायन्स आँखा अस्पताललाई स्तरवृद्धि गरिँदै छ र अध्ययनका लागि पनि प्रयास गरिदैछ । बुटवल–११ देवीनगरमा १०० बेडको अस्पताल निर्माणका लागि प्रयास भइरहेको छ ।बुटवल १७ र बुटवल १३ मा स्थापित अस्पताल सञ्चालनका लागि इ७ः सर्भे पछि दरबन्दीको व्यवस्था मिलाई अस्पताल सञ्चालन गरिनेछ । प्रदेशको मातहतमा रहेका लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी आयुर्वेदिक अस्पतालको सञ्चालनमा सहजीकरण गर्ने र सेवा अझै विश्वासिलो बनाउनेतर्फ हाम्रो सहयोग रहेको छ ।लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान रिसर्च सेन्टरका रुपमा विकास गरेर यो क्षेत्रकै महत्वपूर्ण स्वास्थ्य प्रदायक संस्था बनाउनुपर्दछ भन्ने हाम्रो लक्ष्य रहेको छ।
देवीनगरमा रहेको आयुर्वेदिक अस्पताललाई आयुर्वेदिक अस्पताल तथा अध्ययन केन्द्रका रुपमा विकास गर्न सकेमा यसप्रति समाजको भरोसा र विश्वास बढेर जानेछ । यससम्बन्धी हाम्रो तर्फबाट सबै खालको प्रयत्न जारी रहनेछ ।
बुटवल भित्रको ब्यापारलाई बढाउने, व्यवसायलाई उत्साहित बनाउन र बुटवलमा व्यवसायको सम्भावना अन्यत्र भन्दा बढी छ भन्ने विश्वास दिलाउन, मुख्य हाइवे अमरपथ, संगमपथ, अस्पताल लाईन, कालिका पथ, देवी पथ ,रंगशाला पथ, बुद्धनगर पथ, अभियानपथ ,गोलपार्क–पूल्चोक पथ, श्रवण पथ, मोतीपुर चोक, रानीगञ्ज, बेलवास,–झोलुङ्गेपुल पथ, तामनगर–मदैया, इमली चौक पथ लगायत विभिन्न पथहरूलाई व्यवसायमैत्री बनाउँदै लगिने र संरक्षणको नीति लिइने गरी पूर्वाधार निर्माणको काम, सरसफाईको अभियान, उज्यालो बुटवल बनाउने काम भएको छ । हरेक ठाउँमा आवश्यकता अनुसारको हाईमास्ट लाईट जडान र रात्री समयमा पनि व्यवसाय सञ्चालन गर्न सकिने, रात्रिकालीन बजारका लागि फरक खालको नीति अपनाई दिगोपन दिने र व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गरिँदै छ ।
मोतीपुर औद्योगिक क्षेत्रमा एउटा ब्लकमा रहेको २५८ बिघा जग्गाको समस्या झन्डैझन्डै समाधानको अवस्थामा रहेको छ । अब केही समयमा मोतीपुर औद्योगिक क्षेत्र निर्माणको क्रममा बढ्ने आशा पलाएको छ । सेमलार–बुटवल–१५ मा नयाँ कृषि व्यावसायिक केन्द्र निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया टुंगिँदै छ । अहिले ७२ करोडको टेन्डरको काम अगाडि बढेको छ । भावी दिनमा ८ अर्बसम्मको लगानीमा यो देशकै नमुना कृषि व्यावसायिक केन्द्र बन्ने विश्वास लिएको छु । तामनगर मै ३० बिघा जग्गामा लुम्बिनी वाणिज्य क्याम्पसको मानिक विश्वविद्यालय निर्माणको काम विस्तारै अगाडि बढेको छ ।
बुटवल १२ को ट्रान्सपोर्ट सिटी, बुटवल १३ को मालपोत र नापी कार्यालय, यातायात लाइसेन्स र गाडी चेकजाँच कार्यालयलाई सरल, सहज र सबैको पहुँचमा रहने गरी व्यवस्थित गर्न सहजीकरण गरिनेछ। बुटवल उपमहानगरपालिकाका बिभिन्न वडामा, कार्यालयका शाखामा, विभिन्न सरकारी कार्यालयमा जनताले पटकपटक धाउनुपर्ने, अरुबाट भन्दिनु पर्ने जस्ता सेवाग्राही विरोधी परम्परा अन्त्य गर्न आवश्यक विधि निर्माण गरी दण्ड र पुरस्कारको व्यवस्था गरिनेछ ।वडा नं १ मा बुटवलका महत्वपूर्ण सम्पदाहरु रहेको हुँदा बुटवल–नुवाकोट पैदलमार्ग,तिनाउँ नदीमा आरती केन्द्र निर्माण, युद्ध संग्रहालयमा सामग्री खरिद,बाघ भैरब मन्दिरको पूर्णता, स्थानीय परम्परा संस्कृतिको संरक्षण हुने खालका संरचना र त्यसको संरक्षण गणेश मन्दिरदेखि जितगढीसम्म तिनाउँ नदीमा रात्रिकालीन समयमा बस्न, घुम्न मिल्ने गरी रमणीय स्थानको निर्माण लगायतका काम हाल केही सुरु गरिएको छ, केही अध्ययन गरी अगाडि बढाइनेछ ।बुटवल १ नुवाकोट जाने बाटोमा द्यक्ष्न् शिवको मूर्ति स्थापना गरी धार्मिक पर्यटकीय क्षेत्रको विकास प्रक्रिया अगाडि बढाईएकोछ ।
बुटवल १ र ३ मा रहेकाकेवलकारको प्रचार प्रसार र पर्यटन क्षेत्रको वृद्धिमा हाम्रो सहयोग अझ थपिँदै जानेछ । बुटवल ३ मिलन टोल, ज्योतिनगर, लक्ष्मी नगर पहिरो व्यवस्थापन गर्न सबै खालका प्रयास गरिएको छ, अझैथप गरिदै जानेछ । बुटवल वडा नं ४, ६, ७ र ८ मा रहेको सुखौरा खोलालाई व्यवस्थित गरिनेछ। बुटवल ५ को विकास पथ र राधाकृष्ण टोल, सिग्नेचर ब्रिज निर्माण गर्दा जोड्ने गरी बाटो निर्माण गरिने छ । बुटवल ६ को कृषि मण्डीलाई अझ राम्रोसँग विकास गरिनेछ, बुटवल ५ को हाटबजारलाई नेपालकै नमुना हाटबजारको रुपमा निर्माण गर्न प्रक्रिया आगाडीबढाईएको छ । बुटवल ६ र ७ को हिलपार्कमा २० लाख लिटरको खानेपानी ट्याङकीको निर्माण गरी वडा नम्बर ६, ७ र ८ मा समस्याको रुपमा रहेको खानेपानीको समस्या समाधान गर्न आवश्यक कार्य प्रारम्भ भई सकेको छ। बुटवल ७ शिवनगर सामुदायिक बनमा धार्मिक वन निर्माण गरि गौशाला राम्रोसँग सञ्चालन गर्ने प्रक्रिया आगाडी बढेको छ। उक्त स्थानसंग जोडिएको स्थानमा युएनडीपीसँग समन्वय गरी फोहोर प्रशोधन केन्द्रको कामलाई थप गति दिइएकोछ। उक्त सामुदायिक वनको हाइवे (बुटवल ७ र ८) मा २६ बिगाह जग्गामा नयाँ र अत्याधुनिक हरियाली बसपार्क बनाउने गरी सामुदायिक वनबाट भएको सिफारिस अनुसारको कामलाई अगाडि बढाइएको छ। हिलपार्कमा बिग बुद्धको शालिक निर्माणको कामलाई आगाडी बढाउन उपायको खाजी हुदैछ।
बुटवल ८, ९ र १० लाई बुटवलको आइटी क्षेत्रका रुपमा र शैक्षिक परामर्श केन्द्रको रुपमा विकास गरिदैछ।बुटवलको वडा न ९ र ११ मा रहेको कालिका पथमा स्ट्रिट लाइट जडान, हाइमास्ट लाइट जडान गरी सबैभन्दा महत्वपूर्ण व्यावसायिक केन्द्रका रूपमा विकास गरिनेछ।बुटवल ९ मा रहेको बसपार्क साँच्चिकै नमुना बसपार्क, यातायात व्यवसायीमैत्री, यात्रुमैत्री र आधुनिक प्रविधिको जडान गरी गौरव गर्नलायक बसपार्कको रुपमारुपान्तरण गरिनेछ। बुटवल १० को अभियान पथलाई व्यावसायिक केन्द्रका रुपमा स्थापना गरिदैछ।
नयाँगाउँ मा.विलाई यस क्षेत्रकै महत्वपूर्ण शैक्षिक केन्द्रका रुपमा निर्माण गर्ने, नवरत्न अंग्रेजी माध्यम विद्यालय सुधार गरेर महत्वपूर्ण शैक्षिक संस्थाको रुपमा विकास गर्ने तथा तामनगर फुटबल मैदानलाई थप व्यवस्थित गर्ने गरी काम गरि रहेकाछौ। बुटवल १३ बेलबासमा १५ बेडको थेरापी अस्पताल निर्माण गरेका छौँ। यसबाट ज्येष्ठ नागरिकहरुको निःशुल्क थेरापीका लागि बल पुग्नेछभने वडा नम्बर १२ मा रहेको प्रयोगशालामा ज्येष्ठ नागरिकहरुको निःशुल्क ल्याब टेस्टको व्यवस्था मिलाउदैछौ। त्यस क्षेत्रमा रहेका मिलन पार्क, वाटर पार्क, पिसपार्क, पाणिनी पार्कलाई सुन्दर बनाउदैछौं। मुक्तिनाथ धामलाई यस क्षेत्रकै धार्मिक पर्यटकीय सूचना केन्द्रको रुपमा विकास गर्नेछौ।
बुटवल १४ मा मकै, प्याज र कृषि पकेट क्षेत्रको विकासका लागि सबै उपाय अपनाउदैछौं। बुटवल १५ मा रहेको नवरत्न मा.विलाई प्राविधिक शिक्षासँग जोडेकाछौं। बुटवल १५ मा नयाँ धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्नेछौ। बुटवल १६ मा क्रिकेट मैदानको निर्माण,कर्साघाटको निर्माण अगाडि बढाउदैछौं। रतनपुर देखि मिनी फेवातालसम्मको सडक आकर्षक रुपमा निर्माण गर्नेछौ। आवश्यकता अनुसारको हाइमास्ट लाइट जडान गर्नेछौ। बुटवल १६ को पवित्र धार्मिकस्थल नरैनापुर धामको विकासलाई अगाडी बढाई रहेकाछौं ।
बुटवल १७ र १८ मा मोतीपुर औद्योगिक क्षेत्रको काम अब तत्काल सुरु गर्नेछौ। रानीगञ्जको बसोबासको समस्या समाधान गर्ने गरी अगाडि बढाउदैछौं। बेलबास बेथरी सडक धेरै समयदेखि अलपत्र परेकोछ, यसको निर्माण कार्य अगाडि बढाउने गरि रकमको सुनिश्चितता गरेकाछौं। बुटवल १७ मोतीपुरमा रहेको १५ बेडको अस्पताललाई जनरल अस्पतालका रुपमा विकास गर्नेछौ। बुटवल १८ मा थारु र मगर समुदायका भवन सांस्कृतिक पहिचान बाद्यवादन र भाषाको तालिम गर्ने नीति अगाडि बढाउदैछौं।वडा नं १९ को वडा कार्यालय भवन यसै वर्ष पूरा गर्नेछौं।बुटवल १४ देखि १९ लाई विशेष कृषि पकेट क्षेत्र, आधुनिक पशुपालन क्षेत्र, नयाँ खालको बसोबास क्षेत्र र बुटवलकै लोभलाग्दो बस्तीको रुपमा विकास गर्नेछौ। सामान्य नागरिकका छोराछोरीले निःशुल्क पढ्न पाउने, स्वास्थ्य सेवामा सबैको पहुँच पुग्ने, जताततै उज्यालो देखिने, चम्किलो बुटवल निर्माण गर्ने, सरसफाइयुक्त र हरियाली मैत्री बुटवल बनाउने उद्देश्य र लक्ष्यमा केन्द्रित रहेर निती कार्यक्रम र विधि सञ्चालन गर्नेछौ। सुरक्षित बसपार्क, व्यवसायमैत्री बुटवल निर्माण गर्नेछौ। साँच्चिकै भन्दा हामीलाई बुटवल बासिले दिनुभएको अवसर र मौकालाई राम्रोसँग उपयोग गर्दै सबै क्षेत्रमा “आहा बुटवल“ भन्ने विषय सबैले देखिने, महसुस गर्नेगरी निर्माण गर्नेछौ।
हाल सम्म सुकुम्बासी र अव्यवस्थितहरुको १० हजार ९० घरधुरी जग्गा नापजाँच भएर सबै प्रक्रिया टुंग्याउने चरणमा रहेका छौ। अब बाकि नापजांचपनि छिट्टै सक्नेछौ र नापजाँच भएका हरुलाई कसरी पुर्जा वितरण गर्न सकिन्छ यसका बारेमा समन्वय गर्दै छौ।
बुटवल ११ बुद्धनगर देखि मगर घाटसम्म हाइड्याम निर्माण गर्ने सोच रहेको, यो कामका लागि आगामी दिनमा संघीय सरकारसँग पहल कदमी गर्न प्रयास गर्नेछौ। बुटवल उपमहानगरपालिकाको पुरानो भवन रहेको ठाउँमा बुटवल व्यवसायिक टावर बनाउने लक्ष्यअनुसार प्रयास भइरहेको छ।
बुटवलको हाट बजारलाई आधुनिक र अझ कृषिमैत्री बनाउने, हाटबजार निर्माण गर्दा अन्डरग्राउन्डमा २ तला निर्माण गरी १००० गाडी पार्किङ गर्न सकिने गरी निर्माण गर्ने र बाँकीमा व्यवसायीहरुलाई हिलो, धुलो, घाम पानीबाट बच्न सक्ने आधुनिक हाटबजार स्थल निर्माण गर्ने, आधुनिक शौचालय र बीच बीचमा चिसो तातो पानीको व्यवस्था गरी व्यवसायी र ग्राहकको हित हुने गरी हाटबजार निर्माण गर्ने लक्ष्य रहेकोछ।
हामी जनप्रतिनिधिका रुपमा निर्वाचित भएर आएपछि हाल सम्महामीले सम्पदान गरेका मुख्य–मुख्य कार्यहरुको उपलब्धी विवरणहरु विषयगत रुपमादेहाय बमोजिम प्रस्तुत गरेको छु।
शिक्षातर्फ
३९ वटा विद्यालयमा भवन निर्माण, फर्निचर, खानेपानी र मर्मतसम्भारगरिएको छ।
२४ वटा विद्यालयमाक्ष्ऋत् ीबदस्थापना गरिएको छ।
१३ वटा संस्थागत विद्यालयहरूमा कक्षा ११ र १२ मा अध्ययनरत१,२९९ जनाविद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ।
सामुदायिक विद्यालयमा अध्ययनरत २,७९३ जना विद्यार्थीहरूका लागिनिःशुल्क पोशाक वितरण गरिएको छ।
मेकानिकल र इलेक्ट्रिकल विषयमा४० जना छात्राहरूलाईपूर्ण निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ।
विभिन्न प्राविधिक क्षेत्रमा (इलेक्ट्रिसियन, वेल्डिङ्ग, कम्प्युटर हार्डवेयर, लाइट भिएकल मेकानिक र कुक) १६० जनालाई व्यावसायिक तालिम प्रदान गरिएको छ।
गत वर्षहरुमा बुटवल उपमहानगर अन्तर्गतका विद्यालयहरुले क्भ्भ् प्राप्त नतिजा देहाय बमोजिम रहेको छ।
क्र.सं. शैक्षिक सत्र ३.६–४.०० न्एब् ४ न्एब्
१ २०८० ५०५ जना ४ जना
२ २०८१ ११२७ जना ४५ जना
जनस्वास्थ्यतर्फ
बा आमासंग नगर प्रमुख स्वास्थ्य जाच उपचार कार्यक्रम अन्तर्गत १९ वटा वडामा ६० बर्ष माथिका ४ हजार ६ सय ६० जना जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
नगर प्रमुख सुत्केरी पोषण कार्यक्रम अन्तर्गत १९ वटा वडामा ५ सय ७६ जना सुत्केरी महिलाहरुलाई सुत्केरी पोषण खर्च उपलब्ध गराईएको छ ।
९ वटा वडामा ३० देखि ५० बर्षका १ हजार २ सय ७५ जना महिलाहरुलाई निशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण शिबिर संचालन गरिएको छ ।क्षयरोगको स्क्रिनिंग निशुल्क शिबिरबाट १हजार ८ सय ३ जना परीक्षण गर्दा १७ जना क्षयरोगी पत्ता लागेको छ।
एच.पी.भी. खोप कार्यक्रम अन्तर्गत १९ वटा वडाका १० देखि १४ बर्षसम्मका १२ हजार २ सय किशोरीहरुलाई खोप सेवा प्रदान गरिएको छ।
दादुरा रुबेला खोप अभियान अन्तर्गत १९ वटा वडामा ९ महिना देखि १५ बर्षसम्मका ६० हजार बालबालिकाहरुलाई खोप सेवा प्रदान गरिएको छ ।
सरकारी तथा निजी विद्यालयहरुमा ३ हजार भन्दा बढी किशोरीहरुलाई रक्तअल्पता परिक्षण गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटीसँग सहकार्यमा१ हजार ४ सय ९५ जना बिरामीहरुलाई निशुल्क रक्त संचार सेवा कार्यक्रमका लागि अनुदान प्रदान गरिएको छ ।
१९ वटा वडाका ९० जना कुपोषित क्षयरोगिहरुको लागि पोषण सामग्री वितरण गरिएको छ ।
१९ वटा वडाका ४ सय ६७ जना जटिल रोगकाबिपन्न नागरिकहरुलाई १७ हजारका दरले अनुदान प्रदान गरिएको छ।
बुटवल उपमहानगरपालिकालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका आ व २०८१।८२ घोषणा गरियो । साथै बुटवल उपमहानगरपालिकाले १२ बर्ष माथिका सम्पूर्ण नागरिकहरुलाई कोभिड पूर्ण खोप प्रथम उपमहानगरपालिका २०७९।०३।२७ घोषणा गरियो ।
ज्क्ष्ख् संक्रमित १८ बर्ष मुनिका बालबालिकालाई मासिक ३००० पोषण खर्च ४ जनालाई उपलब्ध गराइएको छ ।
पूर्वाधार विकासतर्फ
एऋऋ÷च्ऋऋ÷ सडक पिच तथा नाली निर्माण– ७० कि.मि., सडक ग्राभेल तथा नाली निर्माण –४० कि.मि., नाली निर्माण– ३० कि.मि., सडकमा इन्टरलक टायल विछ्याउने कार्य – ३ कि.मि., सडक पिच मर्मत – २७ कि.मि., खानेपानीपाइप लाइनविस्तार – १८ कि.मि., हाइमास्ट लाइट जडान – ६८वटा पोलमा, विध्युत लाइन विस्तार÷विध्युत सौन्दर्यीकरण – ४ कि. मि., तटबन्ध ÷ रिटेनिङग वाल – ८ कि मि लगायत सम्पन्न भएको छ ।
विद्यालयको भौतिक पूर्वाधार तर्फः नयाँगाउँ मा.वि. भवन बुटवल १२, नविन औद्योगिक कदर बहादुर रिता मा.वि.,कालिका मानवज्ञान मा.वि., बुटवल १०, श्री अमर मा.वि. बुटवल १९, बुटवल मा.वि., भवन बुटवल १, मोतिपुर मा.वि. बुटवल–१७, भवानी मा.वि बुटवल–१८, सिद्धेश्वर लालकुमारी मा.वि बुटवल–७, तिलोत्तमा मा.वि भौतिक पूर्वाधारनिर्माण बुटवल ६, सन्तोषीमाता गुरुकुल विद्याङम भवननिर्माण बुटवल ७, मदिना मदरसा भवन निर्माणबुटवल १३, उजिर सिंह मा.वि बुटवल–२, जितेश्वरी माध्यमिकविद्यालयबुटवल–१३, श्री ज्ञानोदय मा.वि. भवन निर्माणबुटवल–५, नहरपुर मा.बि. बुटवल ११, सरस्वती आ. वि भवन बुटवल १, सुर्योदय आ. वि–११, सरस्वती आ. वि भवन बुटवल १, जनशक्ति नमुना भिमप्रसादगोमताआधारभूत विद्यालय बुटवल–१६लगायतका विद्यालयको भवनहरु निर्माण सम्पन्न गरिएको छ ।
सडक पूर्वाधार तर्फःएकतापथ सडक पि.सि.सि. तथा नालीनिर्माण बुटवल ६, गलामी पथ, रंगशाला मार्ग, धर्मपथ, प्रेमपथ, धौलागिरीपथ, नहरपुरचोक, सुवर्णपथ, सिद्धार्थपथ, उदयपथ, पंगेनीपथ, हातेमालोपथ सडक पिच तथा नाली निर्माण बुटवल ११, बहुमुखीपथ, ज्योतिनगर निर्मल श्रेष्ठको घरदेखि तुलसी घिमिरेकोघरसम्म, मिरा घिमिरेको घरदेखि चिन बहादुर गुरुङको घर हुदै दुर्गा मन्दिरसम्मआर.सि.सि. बुटवल ३, शान्तिचोक, सृजना टोल, विशालपथ, जितेश्वरी, भैरव मिलनपथसम्म कालोपत्रे, वडा नं.१३, बुद्धनगरहुँदै मैनाबगरजोड्ने बाटो कालोपत्रेवडा नं. ११, नव विहानी पथ, सडक पिच वडा नं. ११, मथुरा पथ सडक पिच, बुटवल १२, स्वामी शशीधर मार्ग कालोपत्रेबुटवल १४, लखनपथ, आश्रीत पथ र तिनकुने पार्क सडक पिचबुटवल७, बुटवल टोल, नमुना टोल नमस्ते टोल सडककालोपत्रे बुटवल १७, अर्घाखाँची पथ तथा प्रदेश ल्याब जाने बाटो पिचबुटवल १२, शिव पार्वती पथ, जितगढी टोल स्थित युटन पथ नाली तथा सडक निर्माणबुटवल १३, स्वर्गद्धारी मन्दिर जाने बाटोघुम्तीदेखिआदर्शनगर क्रियापुत्री भवन सम्मलगाएताका सडक पिच निर्माण सम्पन्न गरिएको छ ।
आधारभुत शहरी स्वास्थ्यकेन्द्र, वडा नं. १२, मोतिपुर स्वास्थ्य चौकीवडा नं. १७भवन निर्माण सम्पन्न भईसकेका छन भनेवडा नं. ११ वडा कार्यालयभवन निर्माण , वडा नं. १९वडा कार्यालयभवन (४ करोड ७१ लाख ८८ हजार) निर्माणाधिन अवस्थामा रहेका छन ।
मठमन्दिर तर्फः श्री स्वामी नारायण मुक्तिनाथधाम भवन निर्माणबुटवल– १२, श्री दुर्गा पन्चायान मन्दिर निर्माणबुटवल–८, श्री मुक्तेश्वर शिवालय धाम भवन निर्माणबुटवल–१९, दुर्गा मन्दिरनिर्माणबुटवल–८,बाघभैरब मन्दिर पुनःनिर्माण बुटवल–१, दुर्गा पन्चायन मन्दिर स्थानान्तरण तथानिर्माण कार्य बुटवल–९, तिनाउँ पथमा दुर्गा मन्दिरबुटवल ९, शिवालय मन्दिर देवस्थानबुटवल १३, नागमन्दिर नर्माण बुटवलः–१५, शिवालय मन्दिर बुटवल बसपार्कभित्रबुटवल ९लगाएतका मन्दिरहरुको निर्माण सम्पन्न भएका छन ।
आ.व. २०७९।८० देखि २०८१।०८२ सम्म बोलपत्र÷दरभाउपत्रबाट १४३, सेवा परामर्शबाट ३४, कोटेशन मार्फत ६६, उपभोक्ता मार्फत १९९९गरी जम्मा २ हजार २ सय ४२ योजनाहरु सम्पन्न भएका छन । आ व २०८२।०८३ को साउन १ देखि माघ मसान्तसम्म बोलपत्र÷दरभाउपत्रबाट२१, कोटेशन मार्फत १० र उपभोक्ता मार्फत २८गरी जम्मा ५९ वटा योजना सम्पन्न भईसकेका छन भने बाँकी योजना निर्माणाधिन अवस्थामा छन ।
यस आ.व. २०८२।०८३ मा बुटवल उपमहानगरपालिकावडा नं. ७ वडा कार्यालयको भवन मर्मत कार्य, बस टर्मिनल भवन मर्मत, वडा नं. ९ स्थित बुटवलबस टर्मिनल भवन रंगरोगन कार्य सम्पन्न भइसकेका छन । नुवाकोट पदमार्ग (५ करोड) , बुटवल माध्यमिक विद्यालय भौतिक पूर्वाधार(भवन) निर्माणबुटवल –१(१ करोड), सिरान गाउँ (टप–मजुवा देखि बुद्धनगर जाने सडक) निर्माणबुटवल–११(२ करोड), बहुआयामिक वडा भवन निर्माण बुटवल ९(६० लाख), प्रगति मा.वि कम्पाउण्ड वाल सहित खेल मैदान संरक्षणप्रगतिनगरबुटवल–११(२५ लाख), स्वास्थ्य केन्द्र भवन निर्माणबुटवल १९(३० लाख) योजनाहरु ठेक्का प्रकृयामा रहेका छन भने तिनाउँ आरती केन्द्र (६ करोड ६२ लाख), बुटवल १५ मा बन्दै गरेको आश्रममा योगाहल निर्माण(१ करोड ),वडा नं.१२ स्थित नयाँगाउँ मा.वि. भवन निर्माण कार्य(१ करोड १० लाख)लागत अनुमान तयार भएको थप प्रकृयामा रहेका छन ।
महिला बाललबालिका तथा समावेशीकरणतर्फ
नगर प्रमुख गृहिणी महिला स्वरोजगार तालिम कार्यक्रम अन्तर्गत अचार बनाउने तालिम, वाटेको धुप बनाउने तालिम, चुरापोते टिका बनाउने तालिम, जुत्ता चप्पल मखमली चप्पल बनाउने तालिम, डल्लो साबुन, सरफ हार्पिक फिनेल बनाउने तालिम, वर्थ डे केक बेकरी बनाउने तालिम, उनको स्वीटर वनाउने तालिम गरी जम्मा ६७० जनालाई दिइयो । यस आ.व. मा ३ करोड बजेट विनियोजन गरिएको छ ।
उपप्रमुख आत्मनिर्भर उद्यम विकास तर्फ वारिष्टा तालिम, जुत्ता चप्पल बनाउने तालिम, फेशन डिजाइन तालिम, बच्चाको दौरा सुरुवाल व्ल्याङ्केट सेट बनाउने तालिम, महिला मन्टेश्वरी तालिम, आधारभुत व्युटिसियन तालिम, एडभान्स फेसन डिजाईन तालिम, एडभान्स सिलाई कटाई तालिम गरी जम्मा ३०० जनालाई दिईयो ।यस आ.व. मा १ करोड बजेट विनियोजन गरिएको छ ।
विभिन्न सडक बालबालिका २५ जनालाई उद्दार गरिएको छ ।
श्रम तथा रोजगार प्रवर्धनतर्फ
परम्परागत सीप प्रवद्र्धन कार्यक्रम अन्तर्गत २२ जनालाई जुत्ता बनाउने तालिम प्रदान गरियो।
आरन स्तरोन्नतिका लागि ११ जनालाई आवश्यक उपकरण तथा सामग्री वितरण गरियो।
मेयर युवा उद्यम तथा रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत एडभान्स ब्युटिसियन, वारिस्टा, टायल तथा मार्बल, एसी–फ्रिज मर्मत, अडियो–भिडियो÷ड्रोन, कम्प्युटर हार्डवेयर तथा मोबाइल मर्मत लगायतका तालिम सञ्चालन गरी कुल ३५५ युवालाई सीपमूलक तालिम प्रदान गरिएको छ।
चालु आ.व.मा विभिन्न ८ वटा तालिम कार्यक्रमका लागि करिब ८०० जनाबाट आवेदन संकलन गरी अन्तरवार्ता, छनोट तथा नतिजा प्रकाशन सम्पन्न गरी छनोट भएका २१० जनाका लागि तालिम संचालन प्रक्रिया अगाडि वढेको छ ।
कामका लागि पारिश्रमिकमा आधारित रोजगारी कार्यक्रम अन्तर्गत १ देखि १९ वटै वडामा २६ वटा योजना सञ्चालन गरी करिब ५७० जनालाई औसत ३०–५२ दिनको रोजगारी प्रदान गरियो, जसबाट करिब ६,००० दिन भन्दा बढी रोजगारी सृजना भएको छ।
३ वर्षको अवधिमा रोजगार मेला तथा अन्तरसंवाद कार्यक्रम मार्फत २०० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् भने सयौँ जनालाई फलोअप तथा रोजगारदातासँग जोडिएको छ।
निजी क्षेत्र तथा सरोकारवालासँग समन्वय गरी रोजगारदाता छनोट तथा रोजगारी सृजनाका लागि नियमित अन्तरक्रिया सम्पन्न भएको छ ।
रोजगारी सृजनाको लागि जव पोर्टलको विकास गरी बेरोजगार व्यक्ति तथा रोजगारदाताहरूसंग अनलाइन मार्फत जोडने प्रक्रिया सुरू भएको छ । सुरक्षित वैदेशिक रोजगारी सचेतना तथा अभिमुखीकरण कार्यक्रममार्फत विभिन्न वडामा करिब ३,००० भन्दा बढी व्यक्तिलाई सूचना तथा परामर्श प्रदान गरिएको छ।आप्रवासी उपस्रोत केन्द्रमार्फत १८,००० भन्दा बढी सेवाग्राहीलाई वैदेशिक रोजगारीसम्बन्धी परामर्श, सूचना, सहजीकरण तथा सीप तालिम सिफारिस सेवा प्रदान गरिएको छ।रिटर्नी स्वयंसेवकहरूको सहयोगमा समुदायस्तरमा करिब ४५०० जनासँग सूचना आदान–प्रदान गरिएको छ।
वैदेशिक रोजगारीमा गएका घरपरिवारका सदस्यहरूलाई लक्षित गरी २७ हप्तेसम्म सञ्चालन भएका वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम मार्फत करिब ३६० जना महिलाहरूले प्रत्यक्ष लाभ लिएका छन्।
चालु आ.व.मावडा नं. ९ र १२ मा २१ हप्ते वित्तीय साक्षरता तथा मनोसामाजिक ६० जनाको लागि कार्यक्रम सञ्चालन गरिएको छ।
वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूका लागि पुनःएकीकरण कार्यक्रम अन्तर्गत १२४ जनालाई व्यवसाय दर्ता, उद्यमशीलता विकास, बजारीकरण, वित्तीय साक्षरता तथा प्रविधि हस्तान्तरण सम्बन्धी तालिम प्रदान गरिएको छ।
१९ वटै वडामा रहेका ९,०५९ जनाका वैदेशिक रोजगार सम्बन्धी तथ्यांक संकलन, विश्लेषण तथा पाश्र्वचित्र प्रकाशन गरिएको छ।
बाल श्रम निवारण, श्रमको सम्मान अभियान, क्याम्पसस्तरीय रोजगार अन्तरक्रिया, रोजगार सूचना केन्द्र सञ्चालन लगायतका कार्यक्रम मार्फत करिब १,००० भन्दा बढी व्यक्तिलाई सचेतना तथा अभिमुखीकरण प्रदान गरिएको छ।
बैदेशिक रोजगारीको सिलसिलामामृत्यु, अंगभंग तथा ठगीमा परेका व्यक्तिहरूलाई करिब रु.२ करोड आर्थिक सहयोग उपलब्ध गराउन वैदेशिक रोजगार बोर्ड तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिएको छ।
कृषि विकासतर्फ
धान,गहुँको उन्नत वीउमा ५०% अनुदान कार्यक्रम अन्तर्गत १२३९ जना कृषकहरुको लागि १४०९ विघा क्षेत्रफलमा उन्नत धान गहुँको क्षेत्र विस्तार भएको छ ।
तरकारी, फलफुल,मसला वाली तथा धान गहुको मूल वीउ उत्पादक कृषकहरुलाई प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत १६७ जना कृषकलाई १लाख ८८ हजार १सय १६ के.जी.को प्रति के.जी रु ३ का दरले प्रोत्साहन उपलब्ध गराईएको छ ।
खेती योग्य जग्गा, बाझो जग्गाको सदुपयोग एंव स्वस्थ बाली उपभोगका लागि तरकारी प्रवद्र्धन कार्यक्रम संचालन ।
घरायसी फोहोर व्यवस्थापन,कौशी, करेसाबारी तथा बाली विशेष कार्यक्रम मार्फत विषादीको न्युनिकरण, स्वस्थ बाली उत्पादन गरी उपभोग गर्ने उद्देश्यले १÷१ दिने स्थलगत तालिम तथा अन्तरक्रिया कार्यक्रमसम्पन्न गरिएको छ ।
पशुपंक्षी विकासतर्फ
पाडी वितरण कार्यक्रम अन्तर्गत एक एक वटाका दरले २२८ जना कृषकलाई वितरणगरिएको छ ।
बाख्रा, कुखुरा, बंगुर, गाईभैसी, स्वच्छ दूध उत्पादन, स्वच्छ मासु उत्पादन, जुनोटिक रोग सम्बन्धी तालिम गरी जम्मा २६९ जना कृषक र दूध तथा मासु व्यवसायीहरुलाई पशु सेवा प्रसार तालिम दिइएको छ ।
३७४२ वटा सडकमा आश्रित छाडा पशु चौपायाहरुलाई उपचार गरिएको तथा नियमित निगरानी गर्नु पर्नेलाई गौशालामा लगी व्यवस्थापनगरिएको र सामुदायिक भुस्याहा कुकर बध्याकरण शिविरमा जम्मा ८८३ वटा ककुरलाई बध्याकरण गरी रेविज खोप लगाईएको छ ।
भ्याक्सिनेशन कार्यक्रम (पि.पि.आर, भ्यागुते र चरचरे,खोरेत, लम्पी स्कीन रोगको खोप)महामारी रोग विरुद्ध खोप लगाई पशुधनको क्षति हुन बाट बचाईएकोछ ।
युवा खेलकुद तथा अतिरिक्त क्रियाकलापतर्फ
खेलकुद क्षेत्रको विकास गर्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता , मेयर कप क्रिकेट प्रतियोगिता , उपमेयर कप महिला भलिवल प्रतियोगिता, खेलाडी सम्मान, खेलमैदान पूर्वाधार निर्माण, खेलाडी उतपादन प्रोत्साहन लगायतका कार्यहरु गरिएको छ ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी भईलगातार प्रथम स्थान हासिल गरेको छ ।
विभिन्न विधामा उत्कृष्ट भई बुटवलको गौरब उच्च बनाउने कार्य गरेका खेलाडी एवं प्रशिक्षकलाई सम्मान कार्यक्रमगरिएको छ।
पालिकास्तरीय अन्तर विद्यालय छात्र छात्रा कबड्डीप्रतियोगितागराइएको छ ।
सहकारी, उद्योग, वणिज्य तथा लघु उद्यम विकासतर्फ
मेड्पा कार्यक्रम अन्तर्गत १६० जनालाई विभिन्न तालिमहरु जस्तै टपरी बनाउने तालिम, परालको जुता चप्पल वनाउने तालिम, थाकलका विभिन्न सामग्री वनाउने तालिम, गुन्द्रुक मस्यौरा वनाउने तालिम, आलु चिप्स वनाउने तालिम, सिलाई कटाई तालिम, जुत्ता चप्पल बनाउने तालिम, धुप बनाउने तालिम भएको छ ।
सहकारी एकीकृत सूचना प्रणाली तालिम(२२२ जना), सहकारी लेखा व्यवस्थापन तालिम(१०५जना), सहकारी महिला सशक्तिकरण तालिम(१०५जना), मा.वि.स्तरीय सहकारी अभिमुखीकरण कार्यक्रम (२हजार १ सय ४३ जना), सहकारीका अध्यक्ष तथा प्रतिनिधीहरुको भेला(११२ जना), कार्यक्रम गरी जम्मा २ हजार ६ सय ८७ जनालाई दिइएको छ ।
नयाँ प्राइभेट फर्म दर्ता(१०६४ वटा) गरिएको छ ।
सूचना प्रविधितर्फ
मुख्य सडकको ३ ठाउँमा (ट्राफिक चोक, मिलन चोक र कालिका चोक) ट्राफिक लाइट जडान गरिएको छ । चालु आ व मा २ करोड ५० हजार बजेडको सुनिश्चित्ता गरिएको छ ।
३ ठाउँमा फ्रि वाईफाई जडान (बसपार्क, हिलपार्क, जितगडी) गरिएको छ ।
सडकको मुख्य चोक चोकमा क्ष्ए ऋबmभचब जडानगरिएको छ।
प्रशासनतर्फ
उपमहानगरपालिकास्तरीय राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ।
ऐनको निर्माण – १०, कार्यबिधि निर्माण– १२, निर्देशिकाको निर्माण– २, मापदण्ड – ३, नीतिको निर्माण– १ ,जम्मा – २८ नयाँ कानुनहरु निर्माण गरिएको छ । त्यसैगरी ऐन – १८, नियमावली – २ , कार्यविधि – १२, निर्देशिका – ७, मापदण्ड – ३ गरी जम्मा – ४२ कानुन संशोधन गरिएको छ ।
करारका कर्मचारीहरुको सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने कार्यको शुरुवात गरिएको छ।
बुटवल बेलहिया सडक बिस्तार आयोजना अन्तर्गत राजमार्ग चौराह देखि गोलपार्क सम्मको सडक बिस्तारको कार्य समयमै सम्पन्न गर्न बिभिन्न सरोकारवाला निकायहरुसंग छलफल कार्यक्रम आयोजना गरिएको छ।
मोतिपुर औधोगिक क्षेत्र संचालनकालागि प्रकृया अगाडि बढाउन बिभिन्न सरोकारवाला निकायहरुसंग बिभिन्न मितिमा छलफल कार्यक्रम आयोजना गरिएको छ।
बुटवल उपमहानगरपालिका र यू.एन.डी.पी.को सहकार्यमा बुटवल उपमहानगरपालिकाको सेवा प्रवाहलाई सहज र सरल बनाउन ब्क्ष् ऋजबतदयत सम्बन्धी कार्यक्रम सचालन गरिएको छ।
स्थानीय निजामती सेवा ऐन, २०८१ को दफा ७ र दफा ३१ बमोजिम प्रकृया पुगेका १३६ जना कर्मचारीहरुको तह मिलान÷तह बृद्वि गरिएको छ ।
विभिन्न वडा कार्यालयहरुबाट प्रचलित कानुन बमोजिम नियमित हुने कार्यहरु चुस्त दुरुस्त रुपमा सम्पन्न गर्ने व्यवस्था मिलाईएको छ भने वडास्तरीय योजनाहरु समेत प्रभावकारी रुपमा सम्पन्न गर्ने व्यवस्था मिलाईएको छ ।
न्यायीक समितितर्फ
२९१ वटा उजुरी दर्ता, २६५ वटा उजुरी फंर्छयौट भएका छन भने२६ वटा प्रक्रियाम रहेका छन ।
बुटवल उपमहानगरपालिकामा सूचिकृत ११४ जना सामुदायिक मेलमिलापकर्तालाई ३ (तिन) दिने पुनर्ताजगीकरण कार्यक्रम सञ्चालन साथै ४१ जनालाई ८ दिने मेलमिलाप सम्बन्धी आधारभूत तालिम सञ्चालन गरी सुचिकृत मेलमिलापकर्ता कुल संख्या १५५ पुर्याइएको छ ।
विभिन्न समयमा कुल १४८ जना टोल विकास संस्थाका प्रतिनिधि, आमा समूह प्रतिनिधि, एकल महिला लगाएतलाई कानूनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।
पंन्जीकरणतर्फ
सुनुवाई सम्बन्धी अपाङ्गता व्यक्तिलाई बारिष्ठा तालिम, दृष्टिविहीन अपाङ्गता व्यक्तिलाई ब्रेललिपी तालिम, शारीरिक अपाङ्गता व्यक्तिलाई चुरापोते तालिमसम्पन्न भएका छन ।
पूर्ण अशक्त अपाङ्गको घरमा घर दैलोसामान्य स्वास्थ्य सामाग्री तथा खाद्यान्न वितरण गरिएको छ।
११६०६ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
व्हील चियर वितरण–४० जना, बैशाखी वितरण–१२ जना, सेतो छडी–७ जना, एयर वेड –६ जना लाई वितरण गरिएको छ ।
भूमि व्यवस्थापनतर्फ
जम्मा भरेका फाराम संख्या अव्यवस्थित वसोवासी १५६१८ भूमिहिन सुकुम्वासी ९४३ र भूमिहिन दलित ३३३ गरी जम्मा १६८९४ परिवारहाल सम्मको ३२ वटा टोलमा १० हजार ९० जग्गा नाँपजाँच गरिएको छ । आयोगको २०८२ श्रावणको पुन सूचना वमोजिम जम्मा भएका करिव ५००० फाइलहरु कम्प्युटर इन्टी भइरहेको छ ।
२३ जनाअव्यवस्थित वसोवासीहरुलाई३१ कित्ता जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ ।
गाँउ व्लक अन्तर्गत वडा नं १५ मा ४२ जनालाई जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको छ ।बुटवल उपमहानगरपालिका वडा नं.१८ र १९ को वडा कार्यालयको भवन निर्माणको लागि जग्गा उपयोग प्रक्रिया अगाडि बढाईएकोमा वडा नं. १९ को नक्सा नं.७ ख कि.नं. ११ मध्येबाट ०–८–० (आठ कट्ठा) जग्गाको उपयोग प्रमाणपत्र प्राप्त भई वडा कार्यालय निर्माण शुरु भै सकेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं.१३ जवई स्थित उजिरसिंह रंगशालाको लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा रहेको छ।
बुटवल उपमहानगरपालिका वडा नं. १२ स्थित नयाँगाउँ मा.वि लाई भौतिक पूर्वाधार निर्माण प्रयोजनको लागि नक्सा नं. २ च कि.नं. ३७७२ मध्ये ज.वि १–१४– १९.५ जग्गा भोगाधिकार लिज प्राप्ति गरी भारतीय दुतावास समेतको सहयोगमा पूवार्धार निर्माणको काम शुरु भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित श्री लुम्विनी वाणिज्य क्याम्पसलाई भौतिक पूर्वाधार निर्माण प्रयोजनको लागि नक्सा नं. ९ङ कि.नं. ३९१ मध्येबाट ज.वि १– १४– १४.२५ लिज प्रक्रियाका लागि फिल्ड निरीक्षण, स्केच तयार र सम्वन्धित सरोकारवाला निकायहरुसंग समन्वय गरी कार्य अगाडि बढाइएको छ ।
नवरत्न मा वि वुटवल १५ लाई वुटवल १२ स्थित १विगाहा १२ कठ्ठा ६ धुर जग्गाको पुर्जा प्राप्तिका लागि सिफारिसगरिएको छ।
कोदाले विटौरी जग्गाको समस्या समाधान गर्नका लागि पुन नापजाँच भई मालपोत कार्यालयवाट १२२ वटा नयाँ लालपुर्जा वितरण भैसकेको वाँकी क्रमश भैरहेको छ ।
बुटवल हिलपार्कमा खानेपानी ट्यांकी निर्माणको लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि वढाइएको छ ।
भू–उपयोग वर्गीकरण सहितको भू–उपयोग योजना निर्माणको चरणमा रहेको छ ।
घर नक्सा पासमा नापी स्केच १२७५ वटा तथा रेखाङ्कन ९३६ वटागरिएको छ ।
वडा नं १४ विनायकपुरमा ४६वटा गाउँ व्लक जग्गाको नाप नक्सा गरिएको छ ।
अनुगमन तथा मूल्याङ्कनतर्फ
विभिन्न क्षेत्रका ७१० वटा अनुगमन गर्दा अनुगमनको क्रममा अखाद्य बस्तुहरु जफत र केहीलाई जरिवाना गरिएको छ ।
आन्तरिक राजश्वतर्फ
आन्तरिक आय
आ.व. ०८०÷०८१ आ.व. ०८१÷०८२ आ.व. ०८२÷०८३माघसम्म
५२,९५,७१,४६२.०६ ५६,४९,७०,५७२.९९ ३७,३२,४५,१७५.३५
वित्तीय व्यवस्थापनतर्फ
२०८२ माघ मसान्तसम्म कुल आय (संघ, प्रदेश र आन्तरीक आय समेत) गरी जम्मा १ अर्व ३९ करोड ३५ लाख ४ हजार १८ (प्रतिशत ३४.९२) रहेको छ।
२०८२ माघ मसान्तसम्म कुल खर्च ८७ करोड ४२ लाख ७० हजार २सय १३ (२१.९१%) रहेको छ ।























