बुटवलमा सवारी दुर्घटना हुंदा एक जनाको मृत्यु


बुटवल, चैत १७ गते । आज बुटवलको ईटाभट्टीमा ईभि हाइस र ईरिक्सा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

तिनकुनेबाट बसपार्कतर्फ जांदै गरेको बा प्र ०३००१ ज १२२९ नम्बरको ईभि हाइस र बिपरित दिसाबाट आइरहेको रा १ ह ४४३४ नं को ईरिक्सा आपसमा ठक्कीएका थिए ।
दुर्घटनामा परी अर्घाखाँचीको पाणिनि गाउँपालिका घर भई हाल बुटवल उपमहानगरपालिका १ बस्ने ३२ वर्षीय ईरिक्सा चालक गोबिन्द बिकको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार ईरिक्सामा सवार बुटवल २ मैनाबगर बस्ने २३ वर्षीया कृतिका आले मगर गम्भीर घाइते भएका छन् ।






















