व्यबसायीमैत्री कानुन बनाउन माग


बुटवल, चैत २० गते । तीनै तहका सरकारका फरक फरक कानुन भएकाले वयवसाय सञ्चालनमा समस्या भोगनु परेको यातायात व्यवसायी समितिले बताएका छन् ।

पश्चिमाञ्चल यातायात व्यबसायी समितिमा आवद्व ट्रक व्यवसायीले सरकारसंग माग गदै भने – यातायात व्यवसायमिैत्री कानुन बनाउनु पर्छ । राज्यलाइृ ठूलो कर तिर्दै आएका हामी यातायात व्यवसायी समस्यामा पर्दापनि सरकारले न्याय दिन नसकेको गुनासो गरे ।
पेट्रोलियम पदार्थमा अत्याधिक मुल्यवृद्वि भएको अवस्थामा पनि सेवा दिंदा पनि तोकिएको भाडा सहज रुपमा नपाउंदा ब्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आएको बताए ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको शुक्रबार आयोजित २५ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनमा बोल्ने बक्ताले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न र भारतीय गाडीहरुको निर्वाध आगमनलाई नियन्त्रण गर्न सरकारसंग माग गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले यातायात क्षेत्रमा अझैपनि थुप्रै समस्या रहेको बताउंदै स्थानीय सरकारको तर्फबाट समस्या समाधानका लागि सामूहिक छलफल गरे अघि बढ्न आफु तयार रह्ेक्ँे ब्त्ँउ । यातायात व्यवसायलाई मर्यादित र ब्यस्थित गर्नुपर्ने बताउंदै नगर प्रमुख पाण्डेले भने –बुटवल उपमहानगरपालिकाले आफ्नो धितो राखेर भएपनि यातायात ब्यवसायीको हितका लागि ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने योजनामा छु ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र बानियाले तीनै तहका सरकारका फरक फरक कानुनले यातायात व्यवसायी समस्यामा परेको बताए ।
अध्यक्ष बानियाले यातायातमुखि कानुन निर्माण गरेर सबैभर चाहिने यातायात व्यवसाय सहज रुपमा चलाउन सकिने गरी कानुन बनाउन सरकारलाई आग्रह गरे । तेलको मुल्य वृद्दि हुंदापनि ट्रक व्यवसायीले भाडादर वृद्वि नगरेको बताउंदै बैज्ञानिक भाडादर कायम गर्नुको अर्को विकल्प नभएको बताए ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाटले संकटको अवस्थामा रहेको यातायात व्यवसायलाई बलियो बनाउनु पर्ने बताउंदै स भारतीय ट्रकहरुको निर्वाध आगमन र अत्याधिक भारवहनका कारण पेशा संकटमा परेको बताए ।
पश्चिमाञ्चल यातायात व्यबसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले अत्यधिक भारवहनसहित बिना अबरोध नेपालका सबै ठाउंमा पुगीरहेका भारतीय गाडीका कारण नेपाली गाडीहरुको दुरा अवस्था भएको बताए । उनले ट्रक व्यवसायीहरु बैंक र सहकारीबाट लिएको ऋण तिर्न नसकी लिलाम हुने अवस्था पुगेको बताउंदै उनले भने – कतिपय चालक र व्यवसायीहरु व्यवसायबाट क्रमस पलायन हुंदै गएका छन् ।
कार्यक्रममा गण्डकी यातायात व्यबसायी समितिका अध्यक्ष सुरेन्द्र त्रिपाठी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष टंकप्रसाद गैरे, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, सुर।क्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेल्वासे, समितिका उपाध्यक्ष उज्वल केसी लगायतले बोलेका थिए ।
समितिका अध्यक्ष टिकाराम गैरेको अध्यक्षता र कार्यालय प्रमुख प्रकाश गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।
अधिवेशनबाट सर्वसम्बत रुपमा नेतृतव चयन हुन नसकेपछि भोली शनिबार निर्वाचन हुने निर्वाचन आयुक्त महेन्द्र पाण्डे जानकारी गराएका छन् । निर्वाचन समितिका आयुक्त यमलाल भुसालका अनुसार समितिमा ५ जना जिल्ला उपाध्यक्षहरु निर्विरोध निर्वाचित भएका छन् ।
रुपन्देही उपाध्यक्ष बसन्ती आलो र राजकुमार लामा, उपाध्यक्ष नवलपरासी कृष्णबहादुर कंडेल, उपाध्यष कपिलवस्तु, अर्घाखांची उन्वल केसी, उपाध्यक्ष नवलपुर पर्शुराम भण्डारी रामु निर्विरोध निर्वाचित भएका छन् ।
समितिका पूर्व बरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्की, पूर्वसचिव पंकज राई र यामबहादुर जीसीले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।























